हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १७, २०७६
|
|
२५ पटक हेरिएको
Shares
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो

सारांश

  • एजेन्सी।
  • यतिबेला समाजिक संजालमा दुई युवतीको फोटोशुट निकै भाइरल भइरहेको छ।
  • यी युवतीको नाम अंजली चकरा र सुन्दस मलिक हो।

एजेन्सी। यतिबेला समाजिक संजालमा दुई युवतीको फोटोशुट निकै भाइरल भइरहेको छ। यी युवतीको नाम अंजली चकरा र सुन्दस मलिक हो। उनीहरु समलिंगी हुन्। उनीहरु एक अर्कालाई निकै प्रेम पनि गर्छन्। अझ रमाइलो त के भने अंजली चकरा भारतीय हुन् भने सुन्दस मलिक पाकिस्तानी हुन्।यी दुवैले फोटोशुट गराएका तस्वीर यति सुन्दर छन् की मानिसहरुले उनीहरुको फोटो बारम्बार हेर्ने गरेका छन्। यही कारण उनीहरुको फोटोलाई अहिलेसम्म ७० हजार भन्दा धेरै रिट्विट गरिएको छ। साथै फोटोमा ४५ हजार भन्दा धेरैले लाइक गरेका छन्। पछिल्लो समय उनीहरुको फोटो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ।

उनीहरुले यो फोटो न्युयोर्कमा खिचाएका थिए। यी फोटोमा दुवै युवती ट्रेडिशनल आउटफिट्स र गहना लगाएका छन्। फोटोग्राफर सारोवर अहमदले यी दुई युवतीको फोटो खिचेका थिए। र सामाजिक संजालमा शेयर गरेका थिए। जसलाई अंजलीले शेयर गर्दै लेखेकी थिइन्–ह्याप्पी एनिभर्सरी ती युवतीलाई जसले मलाइ माया गर्न सिकाइन्।

’समलिंगी युवतीको यो पहिलो फोटोशुट भने होइन जुन सामाजिक सजालमा भाइरल भएको होस्। केही समय अगाडिएक गे जोडीको विवाहको फोटो पनि सामाजिक संजालमा भाइरल भएको थियो। अमित शाह र आदित्य मदिराजू नामका यी जोडीले अमेरिकाको न्युजर्सीमा विवाह गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?