मन्त्री बन्ने रुचि छैन, नेपाल र विहारको सम्बन्ध अझ प्रगाढ हुन्छ : युवा नेता चिराग पासवान

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ११, २०७६
|
|
२६ पटक हेरिएको
Shares
मन्त्री बन्ने रुचि छैन, नेपाल र विहारको सम्बन्ध अझ प्रगाढ हुन्छ : युवा नेता चिराग पासवान

सारांश

  • नयाँ दिल्ली, ११ जेठ ।
  • भारतको विहारबाट निर्वाचित लोक जनशक्ति पार्टीका प्रभावशाली युवा नेता चिराग पासवानले नेपालसँग विहारको सम्बन्ध निकट रहेकोले आगामी दिनमा अझै प्रगाढ हुने विश्वास दिलाए ।
  • नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको भेटवार्तामा कुरा गर्दै पासवाले यस्तो बताएका हुन् ।

नयाँ दिल्ली, ११ जेठ । भारतको विहारबाट निर्वाचित लोक जनशक्ति पार्टीका प्रभावशाली युवा नेता चिराग पासवानले नेपालसँग विहारको सम्बन्ध निकट रहेकोले आगामी दिनमा अझै प्रगाढ हुने विश्वास दिलाए ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको भेटवार्तामा कुरा गर्दै पासवाले यस्तो बताएका हुन् । उनले भने,‘हामी सँधै नेपालको प्रगति र उन्नति भएको हेर्न चाहन्छौं । अब नेपाल समृद्ध हुन्छ ।’ पासवानले नेपालको आन्तरिक राजनीतिमा भारतको कुनै हस्तक्षेप नहुने पनि विश्वास दिलाए ।

फरक प्रसँगमा उनले आफूलाई मन्त्री बन्ने रुची नभएको जिकिर गरे । अबको पाँच वर्षमा विहारमा आमूल परिवर्तन हुने र यसअघिका मुख्यमन्त्री नितिश कुमारले धेरै विकास गरेको उनले सुनाए ।

(Zolpidem)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?