मन्दिरको पर्खाल बनाउने नाममा पैसा हिनामिना गरेको भेटिएपछि…
सारांश
- काठमाडौं ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समिति बनाएर कामै नगरी पैसा खाने एक अध्यक्ष र ओभरसियरगरी ३ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
- उपभोक्ता समिति बनाएर कामै नगरी नक्कली, बिल, भर्पाइ, भौचर बनाएर पैसा लिएका थिए ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समिति बनाएर कामै नगरी पैसा खाने एक अध्यक्ष र ओभरसियरगरी ३ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उपभोक्ता समिति बनाएर कामै नगरी नक्कली, बिल, भर्पाइ, भौचर बनाएर पैसा लिएका थिए ।
अख्तियारले मिथिला क्षेत्र सर्लाही, महोत्तरी, धनुषा र सिन्धुली पर्यटन समितिअन्तर्गत तत्कालीन उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश यादव, अजयकुमार यादव, पर्यटन कार्यालय जनकपुरका ओभरसियर अनिरुद्र मण्डलका विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
उनीहरुले कुनै कामै नगरी नक्कली बिल भौचर बनाई ठूलो रकम भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा उनीहरुलाई मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ ।
तीनजनाले मन्दिरको पर्खाल बनाउने नाममा भ्रष्टाचार गरेको भन्दै छुट्टाछुट्टै बिगो मागदाबी सहित मुद्दा दर्ता गरेको हो । रामजानकी मन्दिर पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष
ओमप्रकाशविरुद्ध १ लाख ३५ हजार बिगो जरिवाना माग गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
त्यसैगरी ब्रह्मवाको पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयकुमारविरुद्ध १ लाख ३१ हजार रुपैयाँ माग गरिएको छ । त्यसैगरी पर्यटन कार्यालय जनकपुरका ओभरसियर अनिरुद्रविरुद्ध २ लाख ६६ हजार बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।
तत्कालीन विदेह मिथिला क्षेत्र पर्यटन समितिका तत्कालीन अध्यक्ष दीपेन्द्रकुमार यादवले आर्थिक वर्ष २०६७/६८ मा अर्थ मन्त्रालयबाट प्रकाशित रातो किताबमा उल्लेखित बजेटअनुसार काम नगरी उपभोक्ता समिति बनाएर कामै नगरी पैसा लिएका थिए ।
प्रतिक्रिया