आर्मेनिया र अजरबैजानबीच गोलाबारी, ४९ आर्मेनियाली सैनिक मारिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २८, २०७९
|
|
१८ पटक हेरिएको
Shares
आर्मेनिया र अजरबैजानबीच गोलाबारी, ४९ आर्मेनियाली सैनिक मारिए

सारांश

  • येरेवान ।
  • आर्मेनिया र अजरबैजानबीच भएको युद्धमा ४९ आर्मेनियाली सैनिक मारिएका छन्।
  • दुवै देशका तर्फबाट भीषण गोलाबारी भएको छ।

येरेवान । आर्मेनिया र अजरबैजानबीच भएको युद्धमा ४९ आर्मेनियाली सैनिक मारिएका छन्। दुवै देशका तर्फबाट भीषण गोलाबारी भएको छ। आर्मेनियाका प्रधानमन्त्रीले अजरबैजानमा भएको आक्रमणमा आफ्ना ४९ सैनिकको मृत्यु भएको बताएका छन्। यसैबीच रातभरको गोलाबारीपछि आर्मेनिया र रूस दुवै अब सीमामा स्थिति स्थिर गर्न सहमत भएका छन्।

आर्मेनियाका रक्षामन्त्री सुरेन पापिक्यानले मङ्गलबार आफ्ना रूसी समकक्षी सर्गेई शोइगुसँग वार्ता गरेको बताएका छन्। दुवै नेताले स्थितिलाई स्थिर बनाउन आवश्यक कदम चाल्न सहमति जनाएका छन् ।

आर्मेनियाले घातक टर्कीका ड्रोनयुक्त अजरबैजानी सेनाले आफ्नो क्षेत्रमा प्रवेश गर्न खोजेको आरोप लगाएको छ।

यसअघि अजरबैजान र आर्मेनियाबीच रातभर गोली हानाहान भएको थियो। यस हमलामा धेरै अजरबैजानी सैनिक मारिएको बताइएको छ। यसअघि सन् २०२० मा अजरबैजान र आर्मेनियाबीच नागर्नो(काराबाख क्षेत्रलाई लिएर केही दिन युद्ध भएको थियो।

दुवै पक्षले एकअर्कालाई आक्रमणका लागि उकासेको आरोप लगाएका छन्। आर्मेनियाको रक्षा मन्त्रालयले अजरबैजानले आर्मेनियाली सेनाका केन्द्रमा राति ठूलो गोलीबारी गरेको जनाएको छ।

टर्कीले दिएका ड्रोनले अजरबैजानले आक्रमणमा आफ्नो ड्रोन प्रयोग गरिरहेको आर्मेनियाले बताएको छ। यसअघि सन् २०२० को युद्धमा आर्मेनियाको पराजय हुनुमा यिनै टर्कीका ड्रोनको महत्त्वपूर्ण भूमिका रहेको थियो।

अजरबैजानी आक्रमणको आफ्ना सैनिकले उचित जवाफ दिएको आर्मेनियाले बताएको छ। अर्कोतर्फ अजरबैजानको रक्षा मन्त्रालयले आर्मेनियाले आफ्नो क्षेत्रमा विध्वंसात्मक आक्रमण गरिरहेको आरोप लगाएको छ। उसले अजरबैजानका धेरै ठाउँमा गोलाबारी भएको दाबी गरेको छ।

अजरबैजानले आफ्ना धेरै सैनिक हताहत भएको बताएको छ तर अहिलेसम्म संख्या तोकेको छैन। अजरबैजानी सञ्चारमाध्यमले यसअघि सोमबार दुवै देशले तनावपूर्ण स्थिति रोक्ने सहमति गरेको बताएका थिए तर केही समयपछि नै आक्रमण शुरु भएको थियो।

यी दुई देशबीचको युद्धमा रूसको कदम के हुनेछ भन्नेमा सबैको चासो छ। रूस आर्मेनियाको नजिकको मित्र हो।

यसैबीच अमेरिकाले यो आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। अमेरिकाले यो विवाद सैन्य समाधानबाट नहुने बताएको छ। यसैबीच अजरबैजानको सहयोगी टर्कीले आर्मेनियालाई भड्काउपूर्ण काम रोक्न र अजरबैजानलाई सहयोग गर्न आग्रह गरेको छ। एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?