मरे भनिएका प्रहरी जवान जिवितै, प्रहरीले नै ढाँट्याे पत्रकारलाइ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
मरे भनिएका प्रहरी जवान जिवितै, प्रहरीले नै ढाँट्याे पत्रकारलाइ

सारांश

  • जुम्ला,  ३ साउन ।
  •   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीकै गोली लागेर गम्भीर घाइते भएका प्रहरी जवान कमल उपाध्यायको अहिले पनि अप्रेशन जारी छ ।
  • डा गोविन्द केसीको अनशनलाई साथ दिन प्रतिष्ठानमा जम्मा भएका विद्यार्थीलाई हटाउन भिडमा पसेका बेला प्रहरीकोतर्फबाट हानिएको गोली उनको दाहिने छातीमा लागेको थियो ।

जुम्ला,  ३ साउन ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीकै गोली लागेर गम्भीर घाइते भएका प्रहरी जवान कमल उपाध्यायको अहिले पनि अप्रेशन जारी छ । डा गोविन्द केसीको अनशनलाई साथ दिन प्रतिष्ठानमा जम्मा भएका विद्यार्थीलाई हटाउन भिडमा पसेका बेला प्रहरीकोतर्फबाट हानिएको गोली उनको दाहिने छातीमा लागेको थियो ।

प्रतिष्ठानमै चिकित्सकहरुले गरेको एक्सरेमा उनको दाहिने छाती भित्र गोली भेटिएको छ । त्यही गोलीलाई निकालेर कमलको ज्यान बचाउने कोशिसमा अहिले पनि चिकित्सकहरु जुटिरहेका छन् । गोविन्द केसीलाई काठमाडौँ पठाउन उत्रिएका सुरक्षाकर्मी र विद्यार्थीबीच झडपका क्रममा कम्तिमा पनि १० जना घाइते भएका थिए । उनीहरुको पनि त्यहीँ उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी तपनकुमार दाहालले अवस्था नियन्त्रण लिने रणनीतिस्वरुप उपाध्यायको निधन भएको बताउनुपरेको उल्लेख गरे ।‘प्रतिष्ठान परिषरको अवस्था तनावग्रस्त थियो, कुनै पनि हालतमा हामीले अवस्थालाई नियन्त्रण बाहिर जान दिनु हुँदैन थियो’, उनले भने, ‘प्रहरी जवानको निधन भएको समाचार दिएर हामीले भिड नियन्त्रण गर्न पनि यसो भन्नुप¥यो । प्रजको मृत्यु भएकाले अब अवस्थालाई नियन्त्रणमा लिन गोली चलाउँछौँ भनेपछि भीड पनि तित्तरबित्तर भएर केसीलाई काठमाडौं पठाउन सफल भयौँ ।’

फाेटाे: अन्नपुर्ण बाट

घाइते प्रहरी जवान उपाध्याय र अन्य घाइते विद्यार्थीहरुलाई अप्रेशनका लागि आवश्यक रगत स्थानीय पत्रकार, विद्यार्थी र सर्वसाधरणले दिएका थिए । घाइते उपाध्यायको अप्रेशनका लागि १० देखि १५ पोइन्ट रगत आवश्यक परेपछि पत्रकारले पनि रगत दिएका छन् । त्यसैगरी प्रतिष्ठानमा बाक्लो भिड जम्मा भएकाले पनि रगत संकलन गरेर अप्रेशन गर्न सहज भएको थियो ।

तर प्रत्यक्षदर्सीका अनुसार प्रहरी जवानलाइ गाेलि नभएर शिसा लागेकाे बताएका छन । अान्दाेलनमा सरिक एक प्रत्यक्षदर्सीले गाेलि भनेर शिसाकाे टुक्रा लागेकाे बताए ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?