कञ्चनपुर र मकवानपुर मा लागू औषध सहित पक्राउ
सारांश
- काठमाडौं, २५ असोज कञ्चनपुर -दार्चुला शैल्याशिखर नगरपालिका–५ आगरा बस्ने २७ वर्षीय कृष्ण डाँगालाई लुकाईछिपाई ल्याएको लागूऔषध चरेस जस्तो कालो पदार्थ करीब ४ केजी ५ सय ग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
- बेडकोट नगरपालिका–१० सुन्दरपुरस्थित सडकमा हिँडिरहेको अबस्थामा डाँगालाई प्रहरीले पक्राउ गरेको हो ।
- मकवानपुर – बारा पचरौता नगरपालिका–२ बस्ने ४५ वर्षीय हिरा महत्तो कोईरीलाई करीब ११ केजी लागूऔषध गाँजा सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २५ असोज
कञ्चनपुर -दार्चुला शैल्याशिखर नगरपालिका–५ आगरा बस्ने २७ वर्षीय कृष्ण डाँगालाई लुकाईछिपाई ल्याएको लागूऔषध चरेस जस्तो कालो पदार्थ करीब ४ केजी ५ सय ग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । बेडकोट नगरपालिका–१० सुन्दरपुरस्थित सडकमा हिँडिरहेको अबस्थामा डाँगालाई प्रहरीले पक्राउ गरेको हो ।
मकवानपुर – बारा पचरौता नगरपालिका–२ बस्ने ४५ वर्षीय हिरा महत्तो कोईरीलाई करीब ११ केजी लागूऔषध गाँजा सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । हेटाँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे प्रहरी चेक पोष्टमा नारायाणघाटबाट बिरगंजतर्फ जाँदै गरेको ना.७ ख ५११८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार हिराको साथमा उक्त लागू औषध फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया