राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०८०
|
|
३० पटक हेरिएको
Shares
राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

सारांश

  • काठमाडौं ।
  • आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन् ।
  • निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जिल्लाका जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागू हुने गरी बिहीबार निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको थियो ।

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन् ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जिल्लाका जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागू हुने गरी बिहीबार निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको थियो । ती अधिकृतले सम्बन्धित प्रदेशमा प्रदेश निर्वाचन कार्यालयअन्तर्गत निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

आयोगले कोशी प्रदेशमा मोरङका दुर्गाप्रसाद ढुङ्गेल, मधेसमा धनुषाका नारायणप्रसाद सुवेदी, बागमतीमा मकवानपुरका महेन्द्रबहादुर कार्की, गण्डकीमा कास्कीका केशवप्रसाद बास्तोला, लुम्बिनीमा दाङका कृपासुर कार्की, कर्णालीमा सुर्खेतका विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशमा कैलालीका जिल्ला न्यायाधीश ओमप्रसाद अर्याल नियुक्त गरेको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको कार्यकाल सकिँदैछ । कार्यकाल सकिने एक महिनाअघि निर्वाचन भइसक्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैंक र एडिबीको आग्रह
आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैंक र एडिबीको आग्रह
बाँकी भुटानी शरणार्थीको अवस्था के होला ? अर्को मुलुक समायोजनमा जालान कि भुटान फर्केलान ?
बाँकी भुटानी शरणार्थीको अवस्था के होला ? अर्को मुलुक समायोजनमा जालान कि भुटान फर्केलान ?
मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीको प्रतिक्षण सुरु
मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीको प्रतिक्षण सुरु
फागुन २२ गते शनिवारको राशिफल यस्तो छ
फागुन २२ गते शनिवारको राशिफल यस्तो छ
अब पहिलोपटक म्यान्मारको राजधानीमा भानुभक्तको सालिक बन्ने भो
अब पहिलोपटक म्यान्मारको राजधानीमा भानुभक्तको सालिक बन्ने भो
Which usually Dating Site Is the Best? Evaluations of Best Online Dating Products
सर्वोच्चले  तीन महिना सम्म किन  गर्न सकेन  सिलवालको फैसला  ?
सर्वोच्चले तीन महिना सम्म किन गर्न सकेन सिलवालको फैसला ?
महानगरले तोक्यो पार्किङ शुल्क, मोटरसाइकललाई २५ र कारका लागि प्रतिघण्टा ८० रुपैयाँमात्र
महानगरले तोक्यो पार्किङ शुल्क, मोटरसाइकललाई २५ र कारका लागि प्रतिघण्टा ८० रुपैयाँमात्र
१६ वर्षीय छोरीको हत्या किन गरिन् आमाले ?
१६ वर्षीय छोरीको हत्या किन गरिन् आमाले ?
नयाँ सरकारले रोक्यो ३ सय ५० कर्मचारीको विदेश सयर
नयाँ सरकारले रोक्यो ३ सय ५० कर्मचारीको विदेश सयर

तपाईंले छुटाउनुभयो कि?