मर्यादाक्रमको चिन्ता सकियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
३१ पटक हेरिएको
Shares
मर्यादाक्रमको चिन्ता सकियो

सारांश

  • काठमाडौं, १९ माघ- गृह मन्त्रालयले स्थानीय तहका पदाधिकारी र प्रदेशका पदाधिकारीलाई समेट्ने मर्यादाक्रमको टुंग्यो लगाएको छ।
  • गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको हो।
  • जसअनुसार राष्ट्रपतिलाई पहिलो स्थानमा राखिएको छ।

काठमाडौं, १९ माघ- गृह मन्त्रालयले स्थानीय तहका पदाधिकारी र प्रदेशका पदाधिकारीलाई समेट्ने मर्यादाक्रमको टुंग्यो लगाएको छ।

गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको हो।

जसअनुसार राष्ट्रपतिलाई पहिलो स्थानमा राखिएको छ। यस्तै दोस्रो स्थानमा  उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश र पाँचौमा  स्थानमा सभामुख तथा राष्ट्रिय सभाको अध्यक्ष रहने व्यवस्था गरिएको छ।

यस्तै पूर्वराष्ट्रपति र उपप्रधानमन्त्री छैठौ मर्यादाक्रममा रहने प्रावधान राखिएको छ। यस्तै प्रदेश प्रमुख, संघीय सरकारको मन्त्री, प्रतिनिधि सभाको विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, प्रतिनिधि सभाका उपसभामुख र पूर्वसभामुख सातौ स्थानमा रहने छन्।

नयाँ शासकीय स्वरूपमा आएका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशमन्त्री, महानगरपालिकाका प्रमुख-उपप्रमुख, नगरपालिकाका प्रमुख-उपप्रमुख, तथा गाउँपालिका अध्यक्ष-उपाध्यक्षसहितको मर्यादाक्रम निर्धारण गरिएको हो । मर्यादाक्रमको सूची १ देखि ३४ नम्बरसम्म छ खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?