एसीसी यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा : कप्तान दिपेन्द्रसिंह

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ११, २०७४
|
|
२५ पटक हेरिएको
Shares
एसीसी यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा : कप्तान दिपेन्द्रसिंह

सारांश

  • काठमाडौं ।
  • मलेसियामा हुने एसीसी यू-१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।
  • टोलीमा कप्तानीको जिम्मेबारी दिपेन्द्रसिंह एेरीले पाएका छ्न् ।

काठमाडौं । मलेसियामा हुने एसीसी यू-१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । टोलीमा कप्तानीको जिम्मेबारी दिपेन्द्रसिंह एेरीले पाएका छ्न् ।

सिनियर क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र यू-१९ प्रशिक्षक बिनोद दासले १४ नियमित र ४ अतिरिक्त खेलाडी सम्मिलित नेपाली टोलीको छनौट गरेका छन् । टोलीमा अघिल्लो महिना सम्पन्न एसीसी यू-१९ विश्वकप छनौट खेलेका अघिकांश खेलाडी समावेश छन् ।

टोलीमा कप्तानीको जिम्मेबारी दीपेन्द्र सिंह ऐरीले पाएका छन् । यसअघि सन्दीप लामिछाने कप्तान थिए ।

घोषित टोलीका अन्य सदस्यहरुमा सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहित कुमार पौडेल, किशोर महतो, शाहव आलम, नन्दन यादव, बिक्रमकुमार भुसाल, सन्दिप जोरा र सुमित महर्जन छन् ।

त्यस्तै चार अतिरिक्त खेलाडीमा कमलसिंह ऐरी, ललित राजवंशी, प्रकाश केसी र रिजन ढकाल परेका छन् । प्रकाश केसी गत महिना सम्पन्न आइसीसी यू-१९ विश्वकप छनौटमा पहिलो रोजाइमा थिए ।

नेपाली टोली आगामी भदौ २३ गते मलेसिया प्रस्थान गर्नेछ । प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । यस समूहमा सिंगापुर, थाइल्याण्ड, भुटान छन् । प्रतियोगिताको फाइनलिष्ट टोलीले यू-१९ एसिया कपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको छ प्रचण्ड
नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको छ प्रचण्ड
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
भरतपुर महानगरपालिकाको मुद्दा हेर्दाहेर्दैमा, सोमबार सुनुवाई हुने
भरतपुर महानगरपालिकाको मुद्दा हेर्दाहेर्दैमा, सोमबार सुनुवाई हुने
निर्मला हत्या प्रकरणः धर्नास्थलमा नेताको ओइरो, काे काे पुगेर के के भने?
निर्मला हत्या प्रकरणः धर्नास्थलमा नेताको ओइरो, काे काे पुगेर के के भने?
अमिताभले तिरिदिए २१ सय किसानको ऋण
अमिताभले तिरिदिए २१ सय किसानको ऋण
पक्राउ परे आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा
पक्राउ परे आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा
आफ्नै निर्देशन ‘कुल्चँदै’ गृहमन्त्री
आफ्नै निर्देशन ‘कुल्चँदै’ गृहमन्त्री
पूर्व माओवादी केन्द्रका मन्त्रीहरु किन गएनन् प्रधानमन्त्रीको सम्बोधनमा !
पूर्व माओवादी केन्द्रका मन्त्रीहरु किन गएनन् प्रधानमन्त्रीको सम्बोधनमा !
छोरीका निम्ति जनसागरबीच लोकप्रिय नायिका रेखा थापा
छोरीका निम्ति जनसागरबीच लोकप्रिय नायिका रेखा थापा
Newlyweds Rubina Dilaik and Abhinav Shukla back in Mumbai, enter their love nest!
Newlyweds Rubina Dilaik and Abhinav Shukla back in Mumbai, enter their love nest!

तपाईंले छुटाउनुभयो कि?