अंग्रेजी नयाँ बर्षमा मोबाइल किन्दा मोटरसाइकल उपहार
सारांश
- काठमाडौं, पुस १४ ।
- अंग्रेजी नयाँ बर्षका दिनदेखि एक सातासम्म मेबाइल खरिद गर्नेलाई ताम्राकार कम्प्लेक्सले मोटरसाइकल उपहार प्रदान गर्ने भएको छ ।
- ‘ताम्राकारमा मोबाइल किनौं मोटरसाइकल चढौं’ भन्ने नारासहित कम्प्लेक्सले यस्तो अफर ल्याएको हो ।
काठमाडौं, पुस १४ । अंग्रेजी नयाँ बर्षका दिनदेखि एक सातासम्म मेबाइल खरिद गर्नेलाई ताम्राकार कम्प्लेक्सले मोटरसाइकल उपहार प्रदान गर्ने भएको छ । ‘ताम्राकारमा मोबाइल किनौं मोटरसाइकल चढौं’ भन्ने नारासहित कम्प्लेक्सले यस्तो अफर ल्याएको हो ।
कम्प्लेक्सले एक साताको अवधिमा मोबाइल खरिद गर्नेहरु मध्येबाट लक्की ड्र मार्फत एक जनालाई सुजुकीको मोटरसाइकल बितरण गर्न लागेको हो ।
जनवरी १ तारिखबाट ७ तारिखसम्म मोबाइल खरिद गर्नेहरु मध्येबाट गोलाप्रथा गरी एक जनालाई सुजुकीको मोटरसाइकल प्रदान गरिने ताम्राकार कम्प्लेक्स मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले जानकारी दिए ।
‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ योजनाअन्तर्गत पहिलो मोटरसाइकल ससेन्द्र बिक्रम चौधरीले पाएका थिए भने दोस्रो बम्पर उपहार बुद्धनगरका रमेश तण्डुकारले पाएका थिए ।
ताम्राकारकै बम्पर उपहार योजनाअन्तर्गतको ताम्राकारको दशैं तिहार उपहार योजनाअन्तर्गत ५० जनाले मोबाइल, ६५ जनाले पावर बैंक र ५० भन्दा बढी ब्लुतुथ बितरण गरिएको ताम्राकार कम्प्लेक्स मोबाइल ब्यापार संघका अध्यक्ष साउदले जानकारी दिए ।
मोटरसाइकलको लक्की ड्र अंग्रेजी महिना जनवरीको दोस्रो साता खोलिने बताइएको छ ।
प्रतिक्रिया