राहदानीमा गम्भीर लापर्वाही, जिल्लै फरक-राष्ट्रियता तिब्बतीयन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
राहदानीमा गम्भीर लापर्वाही, जिल्लै फरक-राष्ट्रियता तिब्बतीयन

सारांश

  • धादिङ – जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आएकी गजुरी गाउँपालिका १ की मुक्तिकला लामिछाने आफ्नो राहदानी हातमा पर्दा छक्क परिन् ।
  • राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने छ भने अर्को पानामा मोक्तिकला लेखिएको छ ।
  • त्यस्तै राहदानीमा ठेगाना र राष्ट्रियता नै फरक लेखिएको छ ।

धादिङ – जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आएकी गजुरी गाउँपालिका १ की मुक्तिकला लामिछाने आफ्नो राहदानी हातमा पर्दा छक्क परिन् । राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने छ भने अर्को पानामा मोक्तिकला लेखिएको छ । त्यस्तै राहदानीमा ठेगाना र राष्ट्रियता नै फरक लेखिएको छ । धादिङ हुनुपर्नेमा अघिल्लो पानामा कास्की लेखिएको छ भने अर्को पानामा गजुरी बजार–१ गजुरी, डोटी लेखिएको छ । यस्तै राष्ट्रियतामा तिब्बतियन लेखिएको छ।

परराष्ट्र मन्त्रालयबाट आफ्नो नाममा जारी भएको राहदानीमा नाम, ठेगाना र राष्ट्रियता नै फरक लेखिएको भेटिएपछि छामिछाने छक्क परिन् । नेपाली नागरिकलाई तिब्बतियन भन्दै राहदानी विभागले मेसिन रिडेबल पासपोर्ट जारी गरिदिएपछि आफू तनावमा परेको उनले बताइन् । ‘राहदानी हातमा परेपछि खुसी भएकी थिएँ’, लामिछानेले भनिन्, ‘भित्री पाना पल्टाउँदै जाँदा नाम, ठेगाना र राष्ट्रियता नै अर्के रहेछ।’

राहदानी विभागले जारी गरेको राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने लेखिएको छ भने अर्को पानामा मोक्तिकला लेखिएको छ । त्यति मात्र होइन, लामिछानेको ठेगाना गजुरी बजार–१ गजुरी, डोटी लेखिएको छ र राष्ट्रियता तिब्बतियन भनेर लेखिएको छ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?