अमेरिकी नयाँ सुरक्षा रणनीति ‘आक्रामक’ : पुटिन

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
३० पटक हेरिएको
Shares
अमेरिकी नयाँ सुरक्षा रणनीति ‘आक्रामक’ : पुटिन

सारांश

  • मस्को, रसिया, ८ पुस ।
  • रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पद्वारा हालै सार्वजनिक गरेको सुरक्षा रणनीतिलाई शुक्रबार ‘आक्रामक’ भन्दै यसको मस्कोले आफ्नै तरिकाले प्रतिवाद गर्ने बताएका छन् ।
  • रसियाली नेता पुटिनले भने, “यसै साता अमेरिकाले ल्याएको नयाँ राष्ट्रिय सुरक्षा नीति सैनिक भाषामा भन्नुपर्दा ‘साँच्चिकै आक्रामक’ छ ।

मस्को, रसिया, ८ पुस । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पद्वारा हालै सार्वजनिक गरेको सुरक्षा रणनीतिलाई शुक्रबार ‘आक्रामक’ भन्दै यसको मस्कोले आफ्नै तरिकाले प्रतिवाद गर्ने बताएका छन् ।

रसियाली नेता पुटिनले भने, “यसै साता अमेरिकाले ल्याएको नयाँ राष्ट्रिय सुरक्षा नीति सैनिक भाषामा भन्नुपर्दा ‘साँच्चिकै आक्रामक’ छ । हामीले यसको व्यवहारिक प्रतिक्रिया दिनेछौँ ।”

रसियाली नेता पुटिनले खासगरी अमेरिकी तथा उत्तर एटलान्टिक सन्धि संगठन नेटोको यूरोपमा उपस्थिति बढाउने भन्ने बिषयप्रति लक्षित गर्दै भने,“मस्कोले आफ्नो सार्वभौम शक्तिको संरक्षण गर्न र विश्वको आफूप्रतिको चासोलाई कायम राख्न शक्तिशाली आधुनिक सेनाको निर्माण गर्नेमा प्रयासरत रहेको छ ।”

रसिया विश्वको नेतृत्व गर्न सक्षम मुलकका रूपमा रहनेछ र केही भूभागमा नेतृत्वदायी भूमिका प्रदान गरिरहेको छ, रसियाली राष्ट्रपतिले भने । नयाँ युग अनुसार निर्माण भएको रसियाली सेनाले आफ्नो स्वाभिमान कायम राख्न रसियाको पक्षमा काम गर्ने उनले बताए ।

“हामीले पहिले रसियाली सीमा र यूरोप, जहाँ नेटोको सैन्य संरचना छिट्टै बिस्तार हुँदैछ,मा विश्व शक्ति सन्तुलनलाई कायम राख्न आवश्यक सुधारलाई अवलम्वन गर्नुपर्छ ।”

नेता पुटिनले सन् १९८७ यता ‘इन्टर्मेडियट न्यूक्लियर फोर्सेस’ आइएनएफ सन्धिको अमेरिकाले उल्लङ्घन गरेको बताए । सन्धिमा छोटो तथा मध्यम दुरीका सबै प्रकारका आणविक तथा परम्परागत क्षेप्यास्त्रलाई रोक्ने सहमति भएको थियो ।

मस्कोले पोल्याण्ड र रोमानियामा रहेका ‘यूएस प्याट्रियट मिसाएल सिस्टम’ रसियामाथि आक्रमण गर्न बनाइएका हुनसक्ने आरोप लगाएको छ ।

वासिङ्टनले पनि मस्कोद्वारा उक्त सन्धिको उल्लङ्घन गरेको दावी गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनप्रतिनिधिको एकवर्ष : रत्ननगरमा ‘कल्चरल भिलेज’ बनाइने
नेकपा : पूर्वएमाले खरो, माओवादी नरम, बिहान ८ बजे नै स्थायी समिति बैठक
नेकपा : पूर्वएमाले खरो, माओवादी नरम, बिहान ८ बजे नै स्थायी समिति बैठक
प्रधानमन्त्री ओलीका चर्चित दश घोषणा, कहाँ पुग्यो प्रगति ?
प्रधानमन्त्री ओलीका चर्चित दश घोषणा, कहाँ पुग्यो प्रगति ?
रेशम चौधरीलाई साङ्लो लगाउनेलाई प्रधानमन्त्रीद्वारा कारवाहीको निर्देशन
रेशम चौधरीलाई साङ्लो लगाउनेलाई प्रधानमन्त्रीद्वारा कारवाहीको निर्देशन
तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य
तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य
मन्त्री रघुवीर सम्पत्तिमा पनि साँच्चिकै “महासेठ”-४० करोड सेयर, डेढ सय बिघा जमिन
मन्त्री रघुवीर सम्पत्तिमा पनि साँच्चिकै “महासेठ”-४० करोड सेयर, डेढ सय बिघा जमिन
ज्योतिष शास्त्र अनुसार यी राशि बीचको प्रेम र विवाह कहिल्यै सफल हुँदैन
ज्योतिष शास्त्र अनुसार यी राशि बीचको प्रेम र विवाह कहिल्यै सफल हुँदैन
रास्वपाले ढाकाको ठाउँमा विन्दबासिनी कंशाकारलाई सांसद बनाउने
रास्वपाले ढाकाको ठाउँमा विन्दबासिनी कंशाकारलाई सांसद बनाउने
आजको राशिफल
आजको राशिफल
कमिसनका लागि नेपाल एयरलाइन्स विदेशीलाई दिने खेल सुरु !
कमिसनका लागि नेपाल एयरलाइन्स विदेशीलाई दिने खेल सुरु !

तपाईंले छुटाउनुभयो कि?