एनएमए निर्वाचन निष्पक्ष रुपमा सम्पन्न, बदर गर्नुपर्ने अवस्था छैन् : जिप्रका
सारांश
- सुजन पन्त काठमाडौं ।
- जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल पर्वतारोहण संघ (एनएमए) निर्वाचन निष्पक्ष रुपमा सम्पन्न भएको फैसला गरेको छ ।
- निर्वाचन बदर सम्बन्धमा परेको उजुरीको फैसला गर्दै कार्यालयले कुनै पनि कारणले बदर गर्नुपर्ने अवस्था नदेखिएको जनाएको छ ।
- सुजन पन्त
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल पर्वतारोहण संघ (एनएमए) निर्वाचन निष्पक्ष रुपमा सम्पन्न भएको फैसला गरेको छ । निर्वाचन बदर सम्बन्धमा परेको उजुरीको फैसला गर्दै कार्यालयले कुनै पनि कारणले बदर गर्नुपर्ने अवस्था नदेखिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरी सो समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन आदेश दिएको थियो । छानबिन समितिले सो अनुसार भदौ २ गते प्रतिवेदन बुझाएको थियो ।
छानबिन समितिको प्रतिवेदनमा स्वतन्त्र पर्यवेक्षकको बयानले निर्वाचन निष्पक्ष रुपमा सम्पन्न भएको तथ्य खुलाएको, मतदाता र परिचयपत्र रुजु गर्ने प्रतिनिधिको उपस्थिति मै मतदान भएको, निर्वाचन समितिले रितपूर्वक निर्वाचन सम्पन्न गरी मत परिणाम सार्वजनिक गरेको देखिनुका साथै, निर्वाचन परिणामलाई बदर गर्ने सम्बनधमा संस्थाको विधान, वस्तुनिष्ठ कानुनी आधारको साथसाथै प्रचलित कानुन, संघसंस्था दर्ता ऐन, २०३४ र नियमावली बमोजिम कुनै कारणले बदर गर्ने अवस्था नदेखिएको बताइएको छ ।
एनएमएको केन्द्रीय कार्यसमितिको निर्वाचन बदर गर्नुपर्ने अवस्था नरहेको भनि प्रतिवेदन प्राप्त भएकाले उक्त निर्वाचन बदर गर्नुपर्ने अवस्था नदेखिएकोले सम्बन्धित पक्षलाई जानकारी गराइदिन जिल्ला प्रशासन कार्यालयले अनुरोध समेत गरेको छ ।
अध्यक्षमा पराजित जिङ्बाजाङ्बु शेर्पा समूहले नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वका लागि साउन २१ गते (शनिबार) भएको निर्वाचनमा धाँधली भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गरेको थियो ।

प्रतिक्रिया