महतोलार्इ संसदीय दलको नेता बन्नबाट रोक्ने अभियान !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
२५ पटक हेरिएको
Shares
महतोलार्इ संसदीय दलको नेता बन्नबाट रोक्ने अभियान !

सारांश

  • काठमाडौं,  १९ वैशाख।
  • राजपाका नेता अनिल झाले राजेन्द्र महतोविरुद्ध छिर्के हान्दा संसदीय दलको नेता पासोमा परेको खबर छ ।
  • जसरी पनि महतोलाई संसदीय दलको नेता बन्नबाट रोक्ने अभियानमा झाहरुको समूह लागेको चर्चा राजपामा चल्ने गरेको छ ।

काठमाडौं,  १९ वैशाख। राजपाका नेता अनिल झाले राजेन्द्र महतोविरुद्ध छिर्के हान्दा संसदीय दलको नेता पासोमा परेको खबर छ ।

जसरी पनि महतोलाई संसदीय दलको नेता बन्नबाट रोक्ने अभियानमा झाहरुको समूह लागेको चर्चा राजपामा चल्ने गरेको छ । सद्भावना पार्टीमा रहँदादेखिको रिसले झा अहिले महतोविरुद्ध महन्थ ठाकुरलाई अगाडि सारेको स्रोतको दावी छ ।

यस अगाडि नै ठाकुरले संसदीय दलको नेता नबन्ने भनेका थिए । त्यसको विकल्पमा महतो अगाडि आएका थिए । हुन पनि पार्टीभित्र ठाकुरपछि महतो नै बलियो देखिन्छन् । प्रतिनिधिसभाका १७ संसादमध्ये १० जना त महतोकासाथमा रहेका छन् । तर, अहिले झाले आफुसहित महेन्द्र राय यादवलाई पनि महतोविरुद्ध उतारेको स्रोत बताउछ । झा र यादवको साथ पाएपछि अहिले बुढेशकालमा ठाकुरले केही दिनदेखि लोभ देखाउन थालेको चर्चा छ ।

स्राेतका अनुसार, अझ झाले भारतीय राजदूतावासका कर्मचारीमार्फत पनि महतोविरुद्ध लविङ बढाएका साँघु साप्ताहिकमा खवर छ । नेपालस्थित भारतीय राजदूतावासले रुचाईएका कांग्रेस नेता विमलेन्द्र निधिविरुद्ध लागेका महतोलाई निर्वाचनको यो काण्डलाई पनि झाले उठाएर राजदूतावासका कर्मचारीलाई प्रभावित पारेको राजपाकै एकनेताले बताए ।

यसले अहिले राजपाभित्र विवाद चर्किन थालेको उनको दावी छ । भारतमा उपचार गरेर फर्केपछि ठाकुरले झाहरुको भनाईमा संसदीय दलको नेता बन्ने इच्छा देखाएपछि बैठक नै अनिश्चित भएको छ । हुन त पूर्व तमलोपाका नेता वृषेशचन्द्र लाल पनि अहिले ठाकुरको पक्षमा लविङ गरिरहेको बताइन्छ । तर, राजकिशोर यादव मौनजस्तो देखिए पनि आफू निकटक एकजनालाई प्रदेश सरकारमा सेट गर्ने योजनामा छन् ।

सोही कारण भरसक दुवै नेतालाई चिढ्याउने पक्षमा देखिएका छैनन् । हुन त, शरतसिंह भण्डारी पनि पहिला ठाकुरको पक्षमा थिए । तर, भण्डारीको निकटका सांसदलाई प्रदेश सरकारमा नदिएपछि उनी पनि ठाकुरसंग रुष्ट हुन पुगेको स्रोत बताउछ ।
९२०७५ बैशाख १७ गतेको साँघु साप्ताहिकबाट०

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?