नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाइ समेत टेरेनन् अतिक्रमणकारीहरूले

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २२, २०७५
|
|
४० पटक हेरिएको
Shares
नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाइ समेत टेरेनन् अतिक्रमणकारीहरूले

सारांश

  • अस्बिन खड्का, २२ असार।
  • त्रियुगा नगरक्षेत्रमा नागरिक उड्डयन प्राधिकरणको नाममा रहेको हवाई मैदानको सरकारी जग्गा अतिक्रमण गरी बनाईएको घर, टहरा भत्काउन जारी गरीएकाे सुचना अझैपनि टेरेका छैनन् ।
  • त्रियुगा नगरक्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर, टहरा खाली नगरे भत्काइने भनी प्रशासन, नगरपालिका तथा सम्बन्धित निकायले मिती २०७५/१/११ देखि लागु हुने गरी सूचना जारी गरेपनी जग्गा खाली भएकाे थिएन ।

अस्बिन खड्का, २२ असार। त्रियुगा नगरक्षेत्रमा नागरिक उड्डयन प्राधिकरणको नाममा रहेको हवाई मैदानको सरकारी जग्गा अतिक्रमण गरी बनाईएको घर, टहरा भत्काउन जारी गरीएकाे सुचना अझैपनि टेरेका छैनन् ।

त्रियुगा नगरक्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर, टहरा खाली नगरे भत्काइने भनी प्रशासन, नगरपालिका तथा सम्बन्धित निकायले मिती २०७५/१/११ देखि लागु हुने गरी सूचना जारी गरेपनी जग्गा खाली भएकाे थिएन ।

जग्गा खाली नभएपछि सरूवा भएर अाएका  नयाँ  प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर कार्कीले जथाभावी खरिद बिक्री समेत भैरहेको भन्दै ३५ दिनभित्र खाली नगरेमा कानुन बमोजिम कार्वाही गर्ने बताएका थिए । सो नगरपालिका र जिल्ला प्रशासन कार्यालयको सूचना लाई अटेर गरेर बसेकाहरुले जग्गा खाली नगरे पछि  २०७५ -२-२७ गते का दिन चलानी नम्बर ५६६८ भएको जिल्ला प्रशासन् कार्यालय बाट त्रियुगा नगरपालिका लाई सरकारी जग्गा खाली गर्ने बिषयमा र सो सबन्धमा साबिक गाइघाट ५ ख कि नं १०३ को त्रियुगा हवाई मैदानको नाममा रहेको १४ बिघा १६ कठ्ठा १६ धुर जग्गा खाली गर्न का लागि सुरक्षा निकाय सँग समबन्य गरी ७ दिन भित्र खाली गराई जानकारी दिनुहुन भनी पठाएको थियाे ।

पत्र पठाएकाे  २४/२५ दिन बितीसक्दा पनि सो जग्गा को बिषयमा कुनै पनि कदम नगरपालिका बाट चालिएको छैन ।

प्रशासन को ७ दिने सूचना निकाल्दा पनि सार्बजनिक जग्गा बाट नहट्दा  गाइघाटबासी हरु समेत अचम्मित परेका छन् ।

यसरि नगरपालिका र प्रशासन को आदेश समेत नमान्नु लाई कस्को कमजोरी ठान्नु भनी स्थानिय देबीमाया कटुवाल ले बताईन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तलेजु मन्दिरमा यस वर्षको दशैमा पशुवलि नदिइने
तलेजु मन्दिरमा यस वर्षको दशैमा पशुवलि नदिइने
यी हुन कानुन मिच्नेहरु नाम सहित- सरकारी गाडी दुरुपयोग, सेतो प्लेटलाई रातो बनाएर
यी हुन कानुन मिच्नेहरु नाम सहित- सरकारी गाडी दुरुपयोग, सेतो प्लेटलाई रातो बनाएर
प्रहरी कर्मचारीलाई घुस दिन खोज्दा‘
प्रहरी कर्मचारीलाई घुस दिन खोज्दा‘
सलमानले आफ्नो सुपरहिट फिल्म वान्टेडको सिक्वेल बनाउँदै
सलमानले आफ्नो सुपरहिट फिल्म वान्टेडको सिक्वेल बनाउँदै
२२ दिनकी १७ वर्षीया सुत्केरी रुखमा झुन्डिएको अबस्थामा फेला
२२ दिनकी १७ वर्षीया सुत्केरी रुखमा झुन्डिएको अबस्थामा फेला
ओली भन्छन्- कांग्रेस नेतृत्वको गठबन्धन अलोकतान्त्रिक
ओली भन्छन्- कांग्रेस नेतृत्वको गठबन्धन अलोकतान्त्रिक
केही स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
केही स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
सात महिनामा साइबर अपराधका १३ हजार तीन सय ३० उजुरी
सात महिनामा साइबर अपराधका १३ हजार तीन सय ३० उजुरी
औपनिवेशकालीन काेरियाली श्रमिककाे अवशेष जापानबाट फिर्ता ल्याउन पहल !
औपनिवेशकालीन काेरियाली श्रमिककाे अवशेष जापानबाट फिर्ता ल्याउन पहल !
प्रोटोकल नमिलेको भन्दै भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्न गएनन प्रचण्ड र माधव नेपाल
प्रोटोकल नमिलेको भन्दै भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्न गएनन प्रचण्ड र माधव नेपाल