भूमि फिर्ता ल्याउने राष्ट्रिय सङ्कल्प

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ३२, २०७७
|
|
५५ पटक हेरिएको
Shares
भूमि फिर्ता ल्याउने राष्ट्रिय सङ्कल्प

सारांश

  • राष्ट्रियसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।
  • बैठकमा सो प्रस्ताव माथिको सैद्धान्ति छलफल जारी रहेको छ ।
  • आजको बैठकमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डा बेदुराम भुसालले प्रस्तावको समर्थन गर्दै एकताबद्ध भएर विधेयक पारित गरी भूमि फिर्ता गर्न सिङ्गो देश एक भइ लाग्नुपर्ने बताए ।

राष्ट्रियसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

बैठकमा सो प्रस्ताव माथिको सैद्धान्ति छलफल जारी रहेको छ । आजको बैठकमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डा बेदुराम भुसालले प्रस्तावको समर्थन गर्दै एकताबद्ध भएर विधेयक पारित गरी भूमि फिर्ता गर्न सिङ्गो देश एक भइ लाग्नुपर्ने बताए ।

नेपाली काँग्रेसका अनिता देवकोटाले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा समावेश भइसकेको हुँदा अब एकताबद्ध भएर भूमि फिर्ता ल्याउनुपर्छ भन्नुभयो । उहाँले सो प्रस्तावको समर्थन गरे ।

नेकपाका देवेन्द्र दाहालले देशको सार्वभौमसत्ता रक्षाका लागि राष्ट्रिय एकता शनिबारको प्रतिनिधिसभाको बैठकबाट देखिएको बताए ।

सोही पार्टीका ठगेन्द्रप्रकाश पुरीले नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउन वर्तमान सरकारले चालेको कदमको स्वागत गर्दै अब गुमेको भूमि कूटनीतिक वार्तामार्फत फिर्ता ल्याउनुपर्ने धारणा व्यक्त गरे ।

नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले नेपालको सम्पूर्ण भूभागको नक्सा सार्वजनिक भएर सरकारले ल्याएको विधेयकको स्वागत गर्दै भूमि फिर्ता ल्याउनका लागि सबै लाग्न आग्रह गरे ।

नेकपाका दीलकुमारी रावलले नेपालको भूमिमाथि बेलाबेलामा अतिक्रमण गर्ने गरेको हुँदा अबको नक्साअनुसार भूमि फिर्ता ल्याउन एकजुट भइ अगाडि बढ्नु पर्ने बताए ।

सोही पार्टीका सांसद कोमल वलीले नेपालको राष्ट्रिय एकताका सन्दर्भमा गरिब भएर बाँच्लान् तर आफ्नो भूमि गुमेको देख्न सक्दैनन् र गुमेको भूमि एकताबद्ध भएर लिनेछन् भन्ने राष्ट्रिय सङ्कल्प देखिएको बताइन् ।

सोही पार्टीकाका जगप्रसाद शर्मा र भैरवसुन्दर श्रेष्ठले नेपालको भूमि फिर्ता हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले नक्सा पाउनु महत्वपूर्ण उपलब्धि भएको र भूमिको भोग गर्न पनि छिट्टै पाउनुपर्नेमा जोड दिए ।

नेकपाका रामनारायण बिडारीले एउटा नेपाली नागरिकले गर्नुपर्ने भूमिका अहिले आएको उल्लेख गर्दै भक्ति थापा तथा अमरसिंह थापाले जोगाएको भूमिलाई फिर्ता ल्याउनैपर्छ भने । प्रस्ताव माथिको छलफल जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नायक अनमोल केसी आइ–मार्स मोबाइलको ब्राण्ड एम्बेस्डर
नायक अनमोल केसी आइ–मार्स मोबाइलको ब्राण्ड एम्बेस्डर
कांग्रेससँग आक्रोशित महन्थ ठाकुर , एमालेप्रति नरम..
कांग्रेससँग आक्रोशित महन्थ ठाकुर , एमालेप्रति नरम..
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गियो
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गियो
भर्ना अभियान मात्रै होइन, टिकाउ अभियान पनि चाहिन्छ : अध्यक्ष सापकोटा
भर्ना अभियान मात्रै होइन, टिकाउ अभियान पनि चाहिन्छ : अध्यक्ष सापकोटा
बैतडीमा जिप दुर्घटना: छ जनाको मृत्यु
बैतडीमा जिप दुर्घटना: छ जनाको मृत्यु
आजदेखि शहीद सप्ताह सुरु, यस्ता छन् कार्यक्रम
आजदेखि शहीद सप्ताह सुरु, यस्ता छन् कार्यक्रम
नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै
नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै
कश्मिर, अयोध्यापछि मोदीको अर्को निशाना समान नागरिक स‌ंहिता?
कश्मिर, अयोध्यापछि मोदीको अर्को निशाना समान नागरिक स‌ंहिता?
भक्तपुरमा नेमकिपाको मादल अघि लाग्यो
भक्तपुरमा नेमकिपाको मादल अघि लाग्यो