महत सहभागी कार्यक्रममा झडप, ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइते f

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १३, २०७३
|
|
२११ पटक हेरिएको
Shares
महत सहभागी कार्यक्रममा झडप, ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइते f

सारांश

  • खानीगाउँ गाविसको ढिकुरेमा जागरणसभा लिएर गएका डा.
  • रामशरण महतको कार्यक्रम स्थानीयले बिथोल्न खोजेपछि झडप भएको छ।
  • पुनर्संरचनाको विरोधमा ११ दिनदेखि आन्दोलनरत स्थानीयले सभा बिथोल्ने प्रयास गरेका थिए।

खानीगाउँ गाविसको ढिकुरेमा जागरणसभा लिएर गएका डा. रामशरण महतको कार्यक्रम स्थानीयले बिथोल्न खोजेपछि झडप भएको छ। पुनर्संरचनाको विरोधमा ११ दिनदेखि आन्दोलनरत स्थानीयले सभा बिथोल्ने प्रयास गरेका थिए।

झडप नियन्त्रणका लागि प्रहरीले ४७ राउन्ड रबरका गोली र २३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

झडपमा एक सशस्त्रसहित सातजना घाइते भएका छन्। डा.ब महत सहभागी जागरणसभा बिथोल्न आएकालाई नियन्त्रणमा लिन ४७ राउन्ड रबरका गोली र २३ राउन्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताए। प्रहरीले पहिला लाठीचार्ज गरेको थियो। तर, भीड नियन्त्रण नभएपछि गोली चलाएको उनले बताए। तीनजनालाई रबरको गोली लागेको छ। लाठी प्रहारबाट अरू तीनजना घाइते छन्। सशस्त्र प्रहरीका एकजना पनि घाइते भएको प्रहरीले जनाएको छ। रबरको गोलीबाट सूर्यमति–२ का सुजन न्यौपाने, लक्ष्मण गुणी र सूर्यमति–१ का कान्छा भण्डारी घाइते छन्। यस्तै प्रहरीको लाठीचार्जबाट थानसिंह–७ कानवराज रोका, सूर्यमति–१ का कृष्ण गजुरेल र सूर्यमति–२ का विकास मगर घाइते छन्। जिल्ला प्राविधिक समितिले सिफारिस गरेको लिखु गाउँपालिका बदर गरिएपछि २ माघबाटै स्थानीय आन्दोलनमा उत्रिएका हुन्।

प्रस्तावित सो गाउँपालिकामा पर्ने खानीगाउँ, थानसिंह, सूर्यमति र चौघडा गाविस ११ दिनदेखि बन्द गरी स्थानीय आन्दोलनमा उत्रिएका छन्। बन्द खुलाउन भन्दै डा. महत जागरणसभा गर्न सो स्थान पुगेका थिए। सय जनाभन्दा बढी सुरक्षाकर्मीका साथ पुगेका डा. महतविरुद्ध चर्को नाराबाजी भएको थियो। कडा सुरक्षा घेरामा डा. महतले सभालाई सम्बोधन गरेका थिए। उनले बन्द गरेर स्थानीयलाई दुःख दिन नहुने बताए। पुनर्संरचना आयोगले सरकारलाई बुझाएअनुसार नै सीमांकन हुनुपर्ने उनको भनाइ छ। चारै गाविसका आन्दोलनकारीले गत ७ माघमा विदुरमा जिविसको कार्यालय तोडफोड गरेका थिए। जिल्लाको पूर्वी भेगलाई जोड्ने सडक यिनै गाविस हुँदै गएकाले ११ दिनदेखि बन्द हुँदा पूर्वी भेगका स्थानीय समस्यामा परेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिम्स्टेक सम्मेलनः राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा समृद्धि हुन्छः बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना
बिम्स्टेक सम्मेलनः राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा समृद्धि हुन्छः बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना
प्रजातन्त्र, यसप्रतिको आस्था र जनसरोकार
प्रजातन्त्र, यसप्रतिको आस्था र जनसरोकार
जरायो मारेको आरोपमा पर्सा वन्यजन्तु आरक्षले लियो प्रदेशसभा सदस्य जयसवालसँग बयान
जरायो मारेको आरोपमा पर्सा वन्यजन्तु आरक्षले लियो प्रदेशसभा सदस्य जयसवालसँग बयान
हिमाल आरोहण : दुई महीनामै ५० करोड ‘रोयल्टी’
हिमाल आरोहण : दुई महीनामै ५० करोड ‘रोयल्टी’
So why Women Are searching for Marriage Associates
चुनावमा सुरक्षा चुनौती छैनः गृहमन्त्री शर्मा
चुनावमा सुरक्षा चुनौती छैनः गृहमन्त्री शर्मा
भारतीय विदेशमन्त्री स्वराज र राजदुत उपाध्यायबीच बाम तालमेलबारे  बुधबार बार्ता
भारतीय विदेशमन्त्री स्वराज र राजदुत उपाध्यायबीच बाम तालमेलबारे बुधबार बार्ता
यस्ताे अवस्थामा भेटियाे दुर्घटनाग्रस्त हेलिकोप्टर !
यस्ताे अवस्थामा भेटियाे दुर्घटनाग्रस्त हेलिकोप्टर !
घरपालुवा जनावरले कोरोना भाइरस फैलाउन नसक्ने
घरपालुवा जनावरले कोरोना भाइरस फैलाउन नसक्ने
जिम्मेवारी हेरफेरबाट अपमान भएको छैन : उपप्रधानमन्त्री  यादव
जिम्मेवारी हेरफेरबाट अपमान भएको छैन : उपप्रधानमन्त्री यादव

तपाईंले छुटाउनुभयो कि?