पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा, आजै दर्ज्यानी चिह्न प्रदान गरिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १७, २०७८
|
|
२५ पटक हेरिएको
Shares
पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा, आजै दर्ज्यानी चिह्न प्रदान गरिने

सारांश

  • काठमाडौं।
  • सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीहरू वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।
  • बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

काठमाडौं। सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीहरू वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा भएका तीन जनालाई आजै दर्ज्यानी चिह्न लगाइदिने कार्यक्रम छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा कार्यक्रमको आयोजना गरेर उनीहरूलाई दर्ज्यानी चिह्न लगाउने कार्यक्रम रहेको प्रहरी प्रवक्ता एसएसपी विष्णकुमार केसीले जानकारी दिए ।
सरकारबाट आधिकारिक निर्णय आइनपुगेको भन्दै आउनेवित्तिकै विशेष समारोहको आयोजना गरिने उनले बताए ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । त्यसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको थियो । जसले गर्दा उनीहरूको नियुक्तिमा ढिलाई भएको थियो । तर, आयोगले बढुवा गरेको सिफारिसलाई सदर गरेपछि मन्त्रिपरिषद् बैठकले बढुवाको निर्णय गरेको हो ।
बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै प्रतिस्पर्धी डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले लोकसेवा आयोगमा उजुरी दिएका थिए । समितिले यसअघि सिफारिस गरेका तिनै जनाको नाम सदर गरेर पठाएको थियो । [image: aig_kZrFTpKk6e.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहिवार संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढि
बिहिवार संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढि
मुख्यमन्त्रीद्वारा ट्रेड टावर शिलान्यास
मुख्यमन्त्रीद्वारा ट्रेड टावर शिलान्यास
सौरहामा हात्तीको पिकनिक
सौरहामा हात्तीको पिकनिक
यस्तो बेला बढी सेक्स चाहान्छन् महिलाहरु
यस्तो बेला बढी सेक्स चाहान्छन् महिलाहरु
काठमाडौंको नयाँबस्तीमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ
काठमाडौंको नयाँबस्तीमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ
प्रहरी अधिकृतहरूलाई  दर्ज्यानी चिन्ह प्रदान
प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मेगाबैंक संग बैंकास्योरेन्स सम्झौता
रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मेगाबैंक संग बैंकास्योरेन्स सम्झौता
डा गोविन्द केसीलाई जर्बजस्ती काठमाडौं ल्याउन सरकारी टोली जुम्लामा, के अाउलान् र केसी ?
डा गोविन्द केसीलाई जर्बजस्ती काठमाडौं ल्याउन सरकारी टोली जुम्लामा, के अाउलान् र केसी ?
पत्रकार महासंघ युरोप शाखाले जनसम्पर्क समिति बेल्जियमको समाचार बहिष्कार गर्ने
पत्रकार महासंघ युरोप शाखाले जनसम्पर्क समिति बेल्जियमको समाचार बहिष्कार गर्ने
वल्र्ड कप’ फिबर:  फ्री किक चिकनमा नेमार, म्याजिक पिज्जामा मेस्सी तर रोनाल्डोको नाममा के ?
वल्र्ड कप’ फिबर: फ्री किक चिकनमा नेमार, म्याजिक पिज्जामा मेस्सी तर रोनाल्डोको नाममा के ?

तपाईंले छुटाउनुभयो कि?