महन्थले भनेः मिति मात्रै सारेर चुनावमा आउँदैनौं ‘पहिले पनि हामीले मिति सार्नू भनेका होइनौं“

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १, २०७४
|
|
१९ पटक हेरिएको
Shares
महन्थले भनेः मिति मात्रै सारेर चुनावमा आउँदैनौं ‘पहिले पनि हामीले मिति सार्नू भनेका होइनौं“

सारांश

  • राजपाकै लागि चार पटक चुनाव सारिसकेका सत्तासीन दलहरुको उसलाई चुनावमा ल्याउने प्रयास विफल भएको छ ।
  • चौथो पटक मिति परिवतृन गरी असार १४ का लागि तोकिएको चुनाव मिति अझै सार्दा पनि चुनावमा आउने विषयमा प्रतिवद्धता नजनाएपछि चुनाव सार्ने सरकारको बाहना कमजोर बन्न पुगेको हो ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख दलका शीर्ष नेता र राजपाका नेतासहितको बैठक बुधवार सिंहदरवारमा आयोजना गरेका थिए ।

राजपाकै लागि चार पटक चुनाव सारिसकेका सत्तासीन दलहरुको उसलाई चुनावमा ल्याउने प्रयास विफल भएको छ । चौथो पटक मिति परिवतृन गरी असार १४ का लागि तोकिएको चुनाव मिति अझै सार्दा पनि चुनावमा आउने विषयमा प्रतिवद्धता नजनाएपछि चुनाव सार्ने सरकारको बाहना कमजोर बन्न पुगेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख दलका शीर्ष नेता र राजपाका नेतासहितको बैठक बुधवार सिंहदरवारमा आयोजना गरेका थिए । पाँचौं पटक फेरि चुनाव सारे पनि राजपाले चुनावमा आउने नआउने विषयमा अहिले केही भन्न नसक्ने वताएपछि उनीहरुको बैठक विना निश्कर्ष टुंगिएको हो ।

बैठकमा सत्तारुढ दलहरु कांग्रेस र माओवादीले राजपा चुनावमा आउने प्रतिवद्धता भए पाँचौं पटक पनि चुनावको मिति सार्न सकिने वताएका थिए । तर, वार्तामा सहभागि राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले निर्वाचनको मिति सार्दैमा आफूहरु चुनावमा आउने बचन अहिले नै दिन नसक्ने वताए ।
‘राजपा चुनावमा आउने भए केही समय अझै मिति सारौं भन्ने प्रस्ताव प्रधानमन्त्रीज्यूले राख्नु भयो’ बैठकमा सहभागि एक नेताले भने, ‘तर, राजपाका नेता साथीहरुले आउने भए त चार पटक मिति सार्दा आउने थियौं, माग पूरा नभएसम्म मिति सार्दैमा चुनावमा आउने नआउने भन्न सकिंदैन भन्नु भयो ।’

एमालेले भने यसअघि राजपालाई नै देखाएर चार चार पटक चुनाव सारिएको स्मरण गराउँदै चार पटक सार्दा पनि किन उसलाई चुनावमा सहभागि हुन अप्ठ्यारो परेको भनी प्रश्न उठाएको थियो । ‘राजपाका साथीहरु आउनुहुन्छ भनेर सरकारले हामीसँग परामर्श नै नगरी चार पटक चुनाव सारिसक्यो, तपाईंहरु चुनाव सार्न मात्रै सहमत हुने तर, चुनाव गर्न कहिल्यै सहमति नहुने किन भयो ?’ बैठकमा एमालेका नेताहरुले प्रश्न गरेका थिए ।

राजपाका नेता महन्थ ठाकुरले भने सरकारले यसअघि चार पटक चुनावको मिति किन सारेको हो आफूलाई थाहा नभएको वताए । ‘हामीले माग पूरा नभएसम्म चुनाव जतिपटक सारे पनि सहभागि हुँदैनौं भनेकै थियौं’ ठाकुरले भने, ‘सरकारले चार पटक किन चुनावको मिति सारेको हो हामीलाई थाहा छैन ।’ उनले अव आफूहरुसँग आन्दोलनको विकल्प नभएको पनि वताए ।

प्रधानमन्त्री देउवाले भने राजपा नहुने भए पनि समयमै चुनाव गराउन सरकार तयार रहेको वताएका थिए । ‘प्रधानमन्त्रीले अव राजपा नआए पनि समयमै चुनाव गराउन सरकार तयार छ भन्नु भएको छ’ बैठकमा सहभागि ती नेताले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?