निर्धारित अवधिभन्दा १६ महिना अघि नै बन्यो पुल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
निर्धारित अवधिभन्दा १६ महिना अघि नै बन्यो पुल

सारांश

  • अस्बिन खड्का,  १५साउन ।
  •   पूर्वपश्चिम राजमार्ग र राजधानी काठमाडौँ सँग जोड्ने पूर्वपश्चिम राजमार्गको महोत्तरी र धनुषा जिल्लाको सीमा नदी रातुखोला मा  पुन बनेकाे छ।
  •   निर्धारित अवधिभन्दा १६ महिना अघि नै नयाँ पुल निर्माण कार्य सम्पन्न भएको हाे ।

अस्बिन खड्का,  १५साउन ।  पूर्वपश्चिम राजमार्ग र राजधानी काठमाडौँ सँग जोड्ने पूर्वपश्चिम राजमार्गको महोत्तरी र धनुषा जिल्लाको सीमा नदी रातुखोला मा  पुन बनेकाे छ।  निर्धारित अवधिभन्दा १६ महिना अघि नै नयाँ पुल निर्माण कार्य सम्पन्न भएको हाे । २०७३ साल असार २९ मा सम्झौतापत्रमा हस्ताक्षर गरेको निर्माण कम्पनी कालिका र रसुवा जेवी काठमाडौँ ले २०७६ साल पुस मसान्तमा पुल निर्माण सम्पन्न गर्ने बताएको थियो ।

तर सो २५० मिटर लम्बाइ र १०.९० मिटर चौडाइको पुल निर्माण काम सकिएर यहि साउन मसान्तभित्रै प्रयोगमा ल्याउने तयारी भएपछि अहिले निर्माण कम्पनीको कामको सबैले तारिफ गरेका छन् ।  पूर्वपश्चिम राजमार्गको रातु नदीमा रहेको पुरानो पुल २०७१ सालको बाढीले भाँसिएपछि आवत जावतमा कठिनाइ भएसँगै सरकारले नयाँ पुल निर्माण गर्ने ठेक्का प्रक्रिया अघि बढाएको थियो । यो पुल २४ करोड ६० लाख ठेक्का बोलकबोलअनुसार निर्माण भयको हो । पुलका पाया भाँसिएसँगै खोलाबाट बनाइएको डाइभर्सन बाढीले लगातार भत्काउँदै लगेपछि गत वर्ष भाँसिएको पुलमा बेलीबृज जडान गरेर यातायात सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    गर्यो भने हुन्छ त ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?