‘भाडा सफा तर चामल, सब्जी चाँही बिषादी मिसिएको छ’

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २०, २०७५
|
|
४७ पटक हेरिएको
Shares
‘भाडा सफा तर चामल, सब्जी चाँही बिषादी मिसिएको छ’

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुले ठुलो मात्रामा कृषि उत्पादन गर्नुपर्ने बताएका छन् ।
  • ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सहकारीले ठूला फाँटमा धेरै उत्पादन गरेर किसानलाई पनि समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुले ठुलो मात्रामा कृषि उत्पादन गर्नुपर्ने बताएका छन् । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सहकारीले ठूला फाँटमा धेरै उत्पादन गरेर किसानलाई पनि समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

“हाम्रो अहिलेको समस्या भनेको खेतीको खण्डिकरण हो । यसलाई रोक्नुपर्छ र चक्ला खेती सुरु गर्नुपर्दछ” प्रधानमन्त्री ओलीले भने, “भूगोल अनुसार जे बाली उत्पादन हुन्छ । त्यो ठुलो मात्रामा उत्पादन गर्नुपर्दछ । जसले गर्दा बजारीकरणमा समस्या हुँदैन ।”

किसानहरुले कहिले सब्जी सडकमा फालेको, कहिले दुध पोख्नु परेको उदाहरण दिंदै प्रधानमन्त्री ओलीले सानो मात्राको उत्पादनले यस्तो समस्या आएको बताए । “एक डोको गोपी किन्न कोही आउँदैनन्, एक ड्रम दुध किन्न पनि ग्राहक भेटिदैन” प्रधानमन्त्री ओलीले भने, “गाउँभरी एकै प्रकारकोे सब्जी उब्जाउने हो र धेरै टन दुध उत्पादन गर्ने हो भने ग्राहक खेतखेतै र गोठगोठै पुग्छन् । किसानले उचित मूल्य पनि पाउछन् ।”

प्रधानमन्त्री ओलीले बिषादीका कारण नेपालीको स्वास्थ्य बिग्रदै गएकोमा चिन्ता व्यक्त गरे । “खाने प्लेट सफा, चमेज सफा, भाडा सफा तर चामल, सब्जी चाँही बिषादी मिसिएको छ भने त्यसले स्वास्थ्यलाई फाइदा पुग्दैन” प्रधानमन्त्री ओलीले भने ।

फलफूलका बोट विरुवामा नयाँनयाँ प्रयोग गर्ने नाममा त्यसको मौलिक गुण स्वाद र आकार नै विलय हुन थालेको प्रधानमन्त्री ओलीको भनाइ छ । “फर्सी जत्रो सुन्तला बनाएपछि त्यसमा सुन्तलाको स्वाद कहाँबाट आउछ” प्रधानमन्त्री ओलीले भने, “लौकामा त्यस्तै । कल्चर गर्ने नाममा खानेकुरालाई पागल बनाइएको छ । यिनीहरुको मौलिक गुणलाई कायम राखे मात्र त्यसबाट प्राप्त हुने पोषक तत्वहरु पाउन सकिन्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?