महराको बलियो भाग्य- मौकैमौका !

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
महराको बलियो भाग्य- मौकैमौका !

सारांश

  • काठमाडौं, २६ फागुन – काठमाडौँ भूमिगत राजनीति छोडेर २०६३ मा माओवादी शान्ति प्रक्रियामा सामेल भएपछि पछिल्लो चुनाव सकिँदासम्म १० वटा सरकार बने ।
  • तीमध्ये ७ वटा सरकारमा माओवादी प्रत्यक्ष संलग्न भयो, जसको अधिकतम लाभ पाउने व्यक्ति हुन्– कृष्णबहादुर महरा ।
  •  आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन् ।

काठमाडौं, २६ फागुन – काठमाडौँ भूमिगत राजनीति छोडेर २०६३ मा माओवादी शान्ति प्रक्रियामा सामेल भएपछि पछिल्लो चुनाव सकिँदासम्म १० वटा सरकार बने । तीमध्ये ७ वटा सरकारमा माओवादी प्रत्यक्ष संलग्न भयो, जसको अधिकतम लाभ पाउने व्यक्ति हुन्– कृष्णबहादुर महरा । आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन् ।

माओवादी संलग्न सातमध्ये पाँचवटा सरकारमा महरा मन्त्रालयफेरी–फेरी मन्त्री बने । तीनपटक उपप्रधानसहित उनी शक्तिशाली मानिने गृह, अर्थ, परराष्ट्र र सञ्चारमन्त्री बने । १० वर्ष अवधिमा अधिकतम लाभको पदमा पुग्ने माओवादी नेताको सूचीको नम्बर १ मै पर्ने महरालाई अहिले झन् आकर्षक पद प्राप्त भएको छ– पाँचवर्षे कार्यकालसहितको सभामुख ।

प्रतिनिधिसभामा शनिबार हुने सभामुख पदको निर्वाचनका लागि वाम गठबन्धनका तर्फबाट महराले शुक्रबार उम्मेदवारी दर्ता गराएका छन् । प्रतिस्पर्धी नभएकाले महरा निर्विरोध भइसकेका छन्, जसलाई शनिबार प्रतिनिधिसभाले औपचारिक घोषणा गर्न मात्र बाँकी छ ।

वाम गठबन्धनका तर्फबाट एमाले र माओवादीबीच कसले सभामुख लिने भन्ने बिहीबार साँझसम्म पनि रस्साकसी चलिरहेको थियो । जसै, प्रधानमन्त्री निवासमा माओवादीले सभामुख लिने अन्तिम टुंगो भयो, त्यहाँ व्यक्तिको प्रसंग उठ्नेबित्तिकै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महरा नै आफ्नो दलबाट उठ्ने निष्कर्ष सुनाइदिए, जबकि दाहालको निष्कर्षलाई अनुमोदन गर्ने औपचारिकताका लागि मात्र शुक्रबार बिहान माओवादीका शीर्ष नेताहरूको बैठक बसेको थियो ।

पार्टीले सर्वसम्मत निर्णय गरेको हो,’ माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘सिनियर नेताहरू जानुपर्छ भन्ने भएकाले महराजीलाई पार्टीले सभामुखमा पठाउने निर्णय लिएको हो ।’
पार्टीे निर्णयमा महरा सर्वसम्मत भए पनि उनी मात्रै पटकपटक किन लाभको पदमा रु भन्ने प्रश्न धेरै माओवादी नेताले अनौपचारिक रूपमा राखेका थिए । तर माओवादी पार्टी अध्यक्ष दाहालको कमान्डमा चल्छ । महरा तिनै शक्तिशाली अध्यक्षका अत्यन्त विश्वासिला पात्र हुन्, जसको बलमा उनी पटक–पटक सांसद, मन्त्रीसहित अब सभामुखको नयाँ भूमिकामा उदाएका छन् ।

अध्यक्षसँगको निकट सम्बन्ध नै उहाँका लागि निकै लाभदायी हुँदै आएको छ,’ माओवादीका एक वरिष्ठ नेताले भने, ‘जस्तोसुकै बेलामा पनि उहाँ अध्यक्षसँगै रहनुभयो, त्यसैले पटक–पटक अवसर पाइरहनुभएको छ ।’ माओवादीभित्र देव गुरुङ, गिरिराजमणि पोखरेल, लेखराज भट्ट, अग्नि सापकोटालगायत नेताहरू पनि सभामुखको आकांक्षी थिए । तर अध्यक्ष दाहालको सर्वोत्तम रुचि महरामै थियो, त्यसैले उनको पक्षमा निर्णय भयो ।

कम बोल्ने, भद्र र शालीन देखिने महरा भूमिगत कालदेखि दाहालका विश्वासपात्र हुन् । २०५८ सालमा पहिलोपटक तत्कालीन सरकारसँग वार्ता गर्ने जिम्मेवारी दाहालले महरालाई नै सुम्पेका थिए । पहिलोपटक वार्ता टोलीको संयोजकका रूपमा सार्वजनिक भएदेखि नै उनी कुनै नै कुनै रूपमा राष्ट्रिय राजनीतिको केन्द्र भागमा छन् । प्रत्येक राजनीतिक गतिविधिमा माओवादीका तर्फबाट उनको प्रत्यक्ष संलग्नता छ । तीनवटा शान्ति वार्ता टोलीमध्ये कुनैमा पनि महरा छुटेनन् । त्यसपछि निरन्तर उनी राजकीय पदमा आसीन छन् ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Sewakar Pandey

    Maobadima ramra manxe ko khaderi nai xa,jahile pani uhi Giriraj,.Mahara,Barshaman haru nai ta hun;Doharyae pani Janardan jasta pathae ta hunthyo ni;Chudamani Marka lai Sabhamukhma,katai kangressko sallahama po pathaeko ho ki?

    Comment Author

    Bikash Khatri

    Mauka matra hai kam garera dekhauna paryo sadhai kurchi matra haina desh ra janata hernuparyo abata pugenara deshko lagi kehi garau vanne vabana aakohola kyare

    Comment Author

    Nabin Pokhrel

    Yot India ko sapotar ho aba modi jaya jaya hunxa nepal gaya gaya saker xadaxa aba nepal

    Comment Author

    Sagar Pandey

    महराको भाग्य भन्दा पनि यो प्रचण्डको बाध्यता हो। महराले लाभको पदको चाह गर्दासम्म माओवादीको तर्फबाट प्रचण्डले दिइरहनुपर्नेछ।। नत्र महराले प्रचण्डको……………………पोल खोलिखोलिदिनेछ्

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?