मेडिकल कलेजको सम्बन्धन बारे बाेले शिक्षा मन्त्री

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०७५
|
|
४० पटक हेरिएको
Shares
मेडिकल कलेजको सम्बन्धन बारे बाेले शिक्षा मन्त्री

सारांश

  • अघिल्लो वर्षको कात्तिकमा शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला चिकित्सा शिक्षाको अध्यादेश जारी भएको सबैलाई थाहा छ ।
  • उक्त अध्यादेशलाई संसद चलेको ६० दिनभित्र पास गर्नुपर्ने आवश्यकता थियो ।
  • अध्यादेश ल्याउनमा हजारौँको भूमिका छ ।

अघिल्लो वर्षको कात्तिकमा शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला चिकित्सा शिक्षाको अध्यादेश जारी भएको सबैलाई थाहा छ । उक्त अध्यादेशलाई संसद चलेको ६० दिनभित्र पास गर्नुपर्ने आवश्यकता थियो । अध्यादेश ल्याउनमा हजारौँको भूमिका छ । म आफै अघिल्लोपटक शिक्षामन्त्री हुँदा आयोग गठन गरेर काम गरेका थियौँ । चिकित्सा शिक्षा ऐन बनाउनका लागि मेरो पनि समर्थन थियो । अध्यादेश ६० दिनभित्र संसदबाट पारित गराउनुपर्ने भएकाले स्वतः खारेज नहोस् भनेर मन्त्रीपरिषदको सहमतिमा प्रतिस्थापन विधेयक संसदमा लगिएको हो ।

मैले कुनै पनि स्वार्थबाट प्रेरित भएर कसैलाई पनि मेडिकल कलेजको सम्बन्धन दिने पक्षमा छैन । म सक्रिय राजनीतिबाट पछाडि फर्किदा पनि मेरो कुनै पनि स्वास्थ्य संस्थामा शेयर हुनेछैन । जीवनमा जुन ढंगले अगाडि बढेको छु, अब पनि त्यसरी नै हिँड्नेछु ।

एउटा विश्वविद्यालयले ५ वटाभन्दा बढि मेडिकल कलेजलाई सम्बन्धन दिनु हुँदैन भन्ने विगतमा भएका सहमति अनुसार नै कार्यान्वयन गर्दा पनि आजको मितिमा काठमाण्डौ विश्वविद्यालयले ९ वटा र त्रिभुवन विश्वविद्यालयले ७ वटालाई सम्बन्धन दिएको छ । जुन ढंगले पाँचवटामा सिमित गर्नुपर्छ भनिएको छ, अरु दुईवटा विश्वविद्यालय खोलेर मात्रै यो दिशातर्फ जान सकिन्छ ।

काठमाण्डौ उपत्यकाभित्र मेडिकल कलेज खोल्न नदिने भन्ने जुन विषय उठेको छ, यसलाई ऐनमा राख्नुभन्दा आयोगलाई दिनुपर्छ भनेर आयोगलाई दिएका हौँ । नेपालमा स्वास्थ्य शिक्षाका क्षेत्रमा देखा परेका विकृतिलाई समाधान गर्नका लागि उच्चस्तरीय आयोगको परिकल्पना माथेमा प्रतिवेदनले गरेको थियो । यो प्रतिवेदन शक्तिशाली छ । मैले तोडमोड गरेको छैन ।

अब आयोग बनाइसकेपछि प्रक्रिया र मापदण्ड बन्छ । आयोगले बनाएको प्रक्रिया र मापदण्डअनुसार संरचना बन्छ ।

तीन सय बेडको उपलब्धता छ भने आशयपत्र दिने, सम्बन्धन दिन बेलामासम्म तीन सय बेडको अस्पताल सचालन भइसकेको हुनुपर्छ भन्ने कुरा अहिलेको विधेयकमा राखिएको छ । तर ममाथि गलत ढंगले आरोप लगाइएको छ । विधेयक राम्रोसँग अध्ययन गरिदिनुहुन सबैलाई आग्रह गर्दछु ।

पटकपटक आएका विषयवस्तुहरुलाई ठीक ढंगले संबोधन गर्दै विधेयक अगाडि बढाइएको हो । तर विरोध भयो । अब एक एक गरेर विधेयकको अन्तरवस्तुमाथि छलफल हुन्छ । सबैले छलफल गरेपछि पास गर्दा नै मेरो लागि पनि राम्रो हुन्छ ।

काठमाण्डौ उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोज्न आवश्यक नरहेको भन्ने माथेमा प्रतिवेदनको आशयबाट म पछाडि हटेको छैन । हामीले शक्तिशाली आयोगको परिकल्पना गरेका छाँै । चिकित्सा शिक्षा क्षेत्रको विकृति विसंगतिलाई हटाउने, भूगोल र जनसंख्याका आधारमा स्वास्थ्य शिक्षाका संस्थाहरु वितरण गर्ने र गरिब, विपन्न, पिछडिएका समुदायलाई स्वास्थ्य शिक्षामा पहुँच पुर्याउनका लागि आयोग बनाउन खोजिएको हो ।

कुनै एउटा क्षेत्रमा मेडिकल कलेज खोज्ने कि नखोल्ने भन्ने कुरा ऐनमा राख्ने कि आयोगलाई दिने त ? मैले त आयोगमा सबै व्यवस्था गरेर समाधान गरौँ भनेको हुँ ।
मेडिकल माफिया र व्यापारीमा लाग्यो भनेर ममाथि लगाइएको आरोप कुतर्क हो । यसलाई म अस्विकार गर्छु ।

सबै पक्ष समाधान गर्ने दिशामा जानुपर्छ । गोविन्द केसी मात्रै होइन, हामी सबै सार्वजनिक शिक्षा सुधारका लागि लागेका छौँ । कानुनी शाषनलाई पनि टेक्नुपर्छ । समाजवादी विकासको बाटोमा जानका लागि म प्रतिवद्ध छु ।

(नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा (शिक्षा मन्त्री) गिरिराजमणि पोख्रेल)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Krishna Tamang

    भ्रष्टाचारी

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहारको नक्कली प्रमाणपत्रधारी असई अख्तियारका फन्दामा
बिहारको नक्कली प्रमाणपत्रधारी असई अख्तियारका फन्दामा
तीनवटा बामपन्थी शक्तिसँग एकता प्रक्रिया बढ्दैछः प्रचण्ड
तीनवटा बामपन्थी शक्तिसँग एकता प्रक्रिया बढ्दैछः प्रचण्ड
कोरोना संक्रमितको धौलागिरि अस्पतालमा उपचार हुँदै
कोरोना संक्रमितको धौलागिरि अस्पतालमा उपचार हुँदै
पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन:मन्त्री मोदी
पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन:मन्त्री मोदी
पानीजहाज र रेल पछि प्रम ओलीको अर्को सपना, स्वीटजरल्याण्डजस्तै विकास गर्ने दावी !
पानीजहाज र रेल पछि प्रम ओलीको अर्को सपना, स्वीटजरल्याण्डजस्तै विकास गर्ने दावी !
धनकुटाका ६७ मतदान केन्द्र अपांगतामैत्री
धनकुटाका ६७ मतदान केन्द्र अपांगतामैत्री
मिटरब्याजसँग सम्बन्धित समस्या समाधान गर्न अध्यादेशमार्फत कानून बनाइने
मिटरब्याजसँग सम्बन्धित समस्या समाधान गर्न अध्यादेशमार्फत कानून बनाइने
सुरु भयो काठमाडौँमा साझाको रात्रीबस, थाहा पाउनुस् कुन–कुन रुटमा चल्छ ?
सुरु भयो काठमाडौँमा साझाको रात्रीबस, थाहा पाउनुस् कुन–कुन रुटमा चल्छ ?
बढे एमाले प्रवेश गर्ने युवा तथा अरु पार्टीका कार्याकर्ता
बढे एमाले प्रवेश गर्ने युवा तथा अरु पार्टीका कार्याकर्ता
युरोपमा रहेर गायक तुलसी शिवाकोटीले ल्याए ‘राम्री’
युरोपमा रहेर गायक तुलसी शिवाकोटीले ल्याए ‘राम्री’