जब मुख्यमन्त्रीका जोडी सार्वजनिक बस चढे
सारांश
- काठमाडौं ।
- प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल बुटवलमा सार्वजनिक बस चढेका छन् ।
- उनी पत्नीसहित बुटवलबाट सार्वजनिक बस चढेर लुम्बिनी पुगेका हुन् ।
काठमाडौं । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल बुटवलमा सार्वजनिक बस चढेका छन् । उनी पत्नीसहित बुटवलबाट सार्वजनिक बस चढेर लुम्बिनी पुगेका हुन् ।
बुटवलबाट विभिन्न रुटमा चल्ने बस सेवा रिबन काटेर उद्घाटन गरेर मुख्यमन्त्री पोखरेल पत्नीसहित बस चढेर लुम्बिनी पुगेका हुन् ।
बस चढेपछि मुख्यमन्त्री पोखरेलले पर्यटन क्षेत्रको विकासमा यातायातको महत्व भएको भन्दै नयाँ बसका कारण लुम्बिनी आउने पर्यटकलाई थप सहज हुने बताए ।
अबदेखि १० वटा अपांगतामैत्री बस बुटवल–लुम्बिनीको रूटमा चल्नेछन्। ५२ सिटको क्षमताका बसमा सिसीटिभी क्यामेरा जोडिएका छन् ।
यात्रुहरूलाई सहज र सुविधासहितको सेवा प्रदान गर्ने उद्देश्यले १० करोड रूपैयाँ लगानीमा भिजन लुम्बिनी लिमिटेडले एसी बस सञ्चालनमा ल्याएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया