सभामुख सापकोटाले छोडे नेकपा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १३, २०७६
|
|
५३ पटक हेरिएको
Shares
सभामुख सापकोटाले छोडे नेकपा

सारांश

  • सभामुख पद सम्हालेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले आफू दलको सदस्यबाट अलग रहेको घोषणा गरेका छन् ।
  • सापकोटाले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्षरुपमा निर्वाह गर्न आफू दलबाट अलग रहेको घोषणा गरेका हुन् ।
  • सभामुखद्वारा जारी विज्ञप्तिमा नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिदेखि आफ्नो संलग्नता नरहेको उनले उल्लेख गरेका छन् ।

सभामुख पद सम्हालेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले आफू दलको सदस्यबाट अलग रहेको घोषणा गरेका छन् । सापकोटाले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्षरुपमा निर्वाह गर्न आफू दलबाट अलग रहेको घोषणा गरेका हुन् ।

सभामुखद्वारा जारी विज्ञप्तिमा नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिदेखि आफ्नो संलग्नता नरहेको उनले उल्लेख गरेका छन् । उनले विज्ञप्तिमा नेकपाको सदस्यबाट पनि अलग रहेको जानकारी गराएका छन् ।

नेकपा स्थायी कमिटी सदस्य सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वा्चित भएका हुन् । उनले सोमबार पद तथा गोपनियताको शपथ लिइ सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?