मालपोतमा उठेको साढे ४ करोड कर्मचारीले आफ्नो खातामा जम्मा पारेपछि….

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ४, २०७६
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोतमा उठेको रकम आफ्नो खातामा जम्मा पार्ने कार्यालय, सिमराका कार्यालय प्रमुख मदनप्रसाद गुप्ता, लेखापाल युगल किशोर ठाकुर, नायब सुब्बा शत्रुधन राउत विरुद्ध विरुद्ध मुद्दा दर्ता गरेको छ ।
  • बारास्थित मालपोत कार्यालयबाट गत वर्षमा संकलन भएको राजस्व कार्यालय प्रमुख गुप्ता, लेखापाल ठाकुरको निजी बचत खातामा जम्मा गरेको भेटिएपछि विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
  • रकमको जोड जम्मा गरी हेर्दा करोडौं राजस्व रकमको कुनै हिसाब किताब नदेखिएको भन्दै आर्थिक विवरण गलत तरिकाले तयार गरिएको उल्लेख छ ।

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोतमा उठेको रकम आफ्नो खातामा जम्मा पार्ने कार्यालय, सिमराका कार्यालय प्रमुख मदनप्रसाद गुप्ता, लेखापाल युगल किशोर ठाकुर, नायब सुब्बा शत्रुधन राउत विरुद्ध विरुद्ध मुद्दा दर्ता गरेको छ ।

बारास्थित मालपोत कार्यालयबाट गत वर्षमा संकलन भएको राजस्व कार्यालय प्रमुख गुप्ता, लेखापाल ठाकुरको निजी बचत खातामा जम्मा गरेको भेटिएपछि विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

रकमको जोड जम्मा गरी हेर्दा करोडौं राजस्व रकमको कुनै हिसाब किताब नदेखिएको भन्दै आर्थिक विवरण गलत तरिकाले तयार गरिएको उल्लेख छ । सरकारलाई गैरकानुनी हानी पुर्याउने गरी सरकारी राजस्व निजी बैंक खातामा जम्मा गर्ने, कार्यालयबाट संकलन भएको राजस्व खाई मास्ने तथा आफू कार्यरत रहेको कार्यालयको हिसाबकिताब समेत दुरुस्त नराखेको अख्तियारको आरोप छ ।
आर्थिक वर्ष २०७५/०७६ को फाल्गुण १२ गतेसम्ममा संकलित राजस्व रकममध्ये ४ करोड ५८ लाख ७१ हजार रुपैयाँ राजस्व खातामा दाखिला नगरी खाइमास्ने कार्य गरेको देखिएकोले मालपोत कार्यालय, सिमराका कार्यालय प्रमुख मदनप्रसाद गुप्ता, लेखापाल युगलकिशोर ठाकुर र नायब सुब्बा शत्रुधन राउतले भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

प्रतिवादीलाइ हदैसम्मको सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?