महिनाबारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामीझँक्री नै छाउगोठ भत्काउन थाले

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १२, २०७५
|
|
१३ पटक हेरिएको
Shares
महिनाबारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामीझँक्री नै छाउगोठ भत्काउन थाले

सारांश

  • काठमाडौं १२ माघ ।
  • बाजुरा ।
  • पाण्डुसैन अगाउँपानीका जय रोकाया मष्टा देवताका धामी हुन् ।

काठमाडौं १२ माघ । बाजुरा । पाण्डुसैन अगाउँपानीका जय रोकाया मष्टा देवताका धामी हुन् । रोकायाले छाउ(महिनाबारी) लाई धार्मिक आस्थासँग जोड्ने गर्थे । महिनाबारी हुँनु दैबी शक्तिको खेल हो, धामीझाँक्री तथा देवताका अनुयायीले छाउ हुँदा महिलालाई छुन हुँदैन भन्ने विश्वास रोकायासँग थियो ।

छाउ हुँदा महिलालाई घरमा सुताउनु धर्मविरोधी काम हो भन्ने मान्यता रोकायाको थियो । तिनै रोकाया अहिले छाउगोठ भत्काउन लाग्छन् भन्ने स्थानीयले सोचेका पनि थिएनन् । आमासहित दुई छोराको छाउगोठमा मृत्यु भएपछि रोकाया आफैं गोठ भत्काउन सक्रिय छन् ।

बुढीनन्दा नगरपालिकाले छाउगोठ नभत्काउने र कुप्रथालाई मान्यता दिने परिवारलाई सबै प्रकारका सुविधाबाट बञ्चित गर्ने निर्णयलाई उनीहरुले सहज स्वीकार गरेका छन् ।

रोकायासँगै घटाल देवताका धामी हरिलाल रोकाया पनि छाउगोठ भत्काउन सक्रिय भएका छन् ।

बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा रहेका ९ वटा छाउगोठ भत्काउन हरिलाल र जयलाल दुवैजना आफैं काममा खटिएका थिए ।

महिनाबारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामी नै छाउगोठ भत्काउन सक्रिय भएपछि केही परिवर्तन हुने वडाध्यक्ष खड्ग बोहोराको भनाइ छ । -नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?