महिलाहरु के गर्छन् यो गोप्य “सेक्स क्लब”मा ? जहाँ हुन्छ पुरुषलाई प्रवेश निषेध
सारांश
- लण्डन (एजेन्सी) ।
- इङ्ल्याण्डको राजधानी लण्डनमा महिलाहरुको लागि एउटा गोप्य “सेक्स क्लब” छ ।
- उक्त सेक्स क्लवमा पुरुषहरुलाई प्रवेश निषेध गरिएको छ ।
लण्डन (एजेन्सी) । इङ्ल्याण्डको राजधानी लण्डनमा महिलाहरुको लागि एउटा गोप्य “सेक्स क्लब” छ । उक्त सेक्स क्लवमा पुरुषहरुलाई प्रवेश निषेध गरिएको छ । लण्डनको यस्तो गोप्य क्लबको बारेमा विभिन्न चर्चाहरु चल्ने गरेका छन् । वास्तवमा यो गोप्य सेक्स क्लवमा के हुन्छ ? धेरैको जिज्ञासा हुने गरेको छ ।
“स्कर्ट क्लब” नाम दिइएको यो गोप्य क्लब महिलाहरुका लागि मात्रै भएको बताइन्छ । विभिन्न सञ्चारमाध्यमका रिपोर्टअनुसार यो क्लबमा खासगरी “बाइसेक्सुअल” महिलाहरु बढी आउने गर्छन् र आफ्ना विभिन्न इच्छा र चाहनाहरु पूरा गर्दछन् । तर यहाँ आएर महिलाहरुले गर्छन् चाहिँ के ?
यो क्लबमा उत्तेजक पार्टीहरु हुने अनुमान गरिएको छ । जहाँ महिलाहरु पोल डान्स गर्छन् र ग्राहकहरुलाई उत्तेजनामा ल्याउने काम गर्छन् । यहाँका सबै कर्मचारीहरु पनि महिलाहरु नै हुन्छन्, जो सधैँ विकिनीमा मात्रै हुन्छन् ।
यो क्लबमा जो पायो त्यो जान पाउँदैन । पहिलोपटक क्लबमा आउने महिलाहरुको नाडीमा विशेष किसिमको चाबी बाँधिन्छ । त्यसले पुराना ग्राहकहरुले नयाँ ग्राहकहरुलाई चिन्न मद्दत गर्ने बताइन्छ ।
यहाँ महिलाहरुका इच्छा चाहना पूरा गर्न वयस्क चलचित्र “फिफ्टी शेड्स अफ ग्रे”मा जस्तै यातना कोठा बनाइएको छ । यस्तो क्लब आखिर किन बनाइयो भन्ने सबैको मनमा प्रश्न उठ्न सक्छ ।
३७ वर्षीया जेनेभिव लेजुनले यो क्लबको सुरुवात गरेकी थिइन् । यो क्लब सुरु गर्नुअघि उनी आफ्नो व्यस्त समयका बाबजुद पनि विभिन्न पार्टीहरुमा रिल्याक्स गर्न जाने गर्थिन् । उनले पार्टीलाई अझ रोचक बनाउन यस्तो गरेको बताएकी छिन् ।
जेनेभिवले भनेकी छिन्, “मैले कतिपय डान्स पार्टीहरु देखेँ, जो बोरिङ हुँदै गइरहेका थिए । त्यसैले पनि मानिसहरुको सोँच भन्दा बेग्लै किसिमकोे पार्टीको आयोजना गर्नेबारे मैले सोँचेको थिएँ । हामीकहाँ आउने अधिकांश महिलाहरु विवाहित हुन्छन् । उनीहरुले अन्य महिलाहरुसँग आफ्नो हरेक किसिमको इच्छा र चाहना पूरा गर्न सक्छन् ।”
प्रतिक्रिया