कस्तो होला आलिया र सलमान खानको जोडी ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ८, २०७६
|
|
२९ पटक हेरिएको
Shares
कस्तो होला आलिया र सलमान खानको जोडी ?

सारांश

  • मुम्बई – बलिउडका सुल्तान सलमान खान र आलिया भट्ट पहिलोपटक फिल्मी पर्दामा देखिन लागेका छन् ।
  • संजय लीला भन्सालीको नयाँ फिल्म ‘इन्साल्लाह’मा काम गर्न लागेका हुन् ।
  • लामो समयपछि सँगै काम गर्न लागेका सलमान खानले पहिलोपटक ‘हम दिल दे चुके सनम’ मा काम गरेका थिए ।

मुम्बई – बलिउडका सुल्तान सलमान खान र आलिया भट्ट पहिलोपटक फिल्मी पर्दामा देखिन लागेका छन् । संजय लीला भन्सालीको नयाँ फिल्म ‘इन्साल्लाह’मा काम गर्न लागेका हुन् ।लामो समयपछि सँगै काम गर्न लागेका सलमान खानले पहिलोपटक ‘हम दिल दे चुके सनम’ मा काम गरेका थिए । उक्त फिल्ममा ऐश्वर्या राय र अजय देवगन पनि सँगै देखिएका थिए ।फिल्मको बारेमा बलिउड तड्का अनलाइन पत्रिकाले लेखे अनुसार सलमान खानले ४० वर्षीय अमेरिकी व्यवसायीको भूमिका निभाउने भएका छन् । जसमा आलियाले २०–२२ वर्षकी युवतीको भूमिका निभाउँनेछिन् भने सलमान खानले ४० वर्षका व्यवसायीको भूमिका निर्वाह गर्नेछन् ।सलमानले लापरवाही पुरुषको भूमिकामा देखिनेछन् ।

जसलाई जिन्दगीको अर्थ पार्टी, मोजमस्ती भन्ने मात्रै लाग्छ । यसै सिलसिलामा उनका पिताले उनलाई विवाह गरेर सुध्रिनुपर्ने सल्लाह दिन्छन् । यसैक्रममा उनको भेट आलियासँग हुन्छ । सलमानले आलियालाई पिताको अगाडि नाटक गर्न आग्रह गर्छन् तर सलमानको आलियासँग वास्तवमै प्रेम हुन्छ ।

यो पनि पढ्नुहोस्

‘कबीर सिंह’ले तोड्यो शाहिद कपूरको करिअरका सबै रेकर्ड, पद्मावतको पनि रेकर्ड तोडियो

काठमाडौं। शाहिद कपूर र कियारा आडवाणीको फिल्म कबीर सिंहले बक्स अफिसमा धमाकेदार सुरुवात गरेको छ । फिल्मले दोस्रो दिन शनिबार २२।७१ करोड कमाइ गरेको छ । पहिलो दिन यो फिल्मले २०।२१ करोड कमायो । यो फिल्मले शाहिद कपुरको करिअरका सबै रेकर्ड तोडिदिएको छ ।
शाहिद कपूर अभिनित फिल्ममध्ये अहिलेसम्म पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्म पद्मावत थियो । २०१८ को जनवरप्मा रिलिज भएको पद्मावतले पहिलो दिन १९ करोड कमाएको थियो । त्यो रेकर्ड अब कवीर सिंहले तोडिदिएको छ । कबीर सिंहको २ दिनको कूल कमाइ ४२।९२ करोड भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटरमा यसको जानकारी दिएका हुन् । यो धमाकेदार ओपनिङसँगै कबीर सिंहले यस वर्ष सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्मको सूचीमा चौथो स्थान ओगटेको छ । यो फिल्म २०१७ मा रिलिज भएको तेलुगु फिल्म अर्जुन रेड्डीको रिमेक हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?