अलग अलग ४ दुर्घटनामा ३ काे मृत्यु !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
३९ पटक हेरिएको
Shares
अलग अलग ४ दुर्घटनामा ३ काे मृत्यु !

सारांश

  • काठमाडौं, १३ कात्तिक ।
  • काठमाडौं, रुपन्देही र कपिलवस्तुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
  •   काठमाडौं माहनगरपालिका बसुन्धरास्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका २५ वर्षीय नवराज रिजालको उपचारको क्रममा निधन भएको छ ।

काठमाडौं, १३ कात्तिक । काठमाडौं, रुपन्देही र कपिलवस्तुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।  काठमाडौं माहनगरपालिका बसुन्धरास्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका २५ वर्षीय नवराज रिजालको उपचारको क्रममा निधन भएको छ ।

यसैगरी मंगलबार काठमाडौं महानगरपालिका लाजिम्पाटमा माईक्रो बसले बा ६४ प ९२८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक २८ वर्षीय प्रकाश तामाङको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काठमाडौं ठमेल गल्कुपाखा बस्ने २३ वर्षीया सजु थापाको सोही अस्पतालमा उपचार भइरेहको छ । दुबै सवारी साधन र माईक्रो बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही बुटवल उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा  ४८ वर्षीय डिलानाथ थारुको  उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै कपिलवस्तु बुद्दभूमि नगरपालिकामा लु २ ख १४७७ नम्बरको टिपर र ना ६ ख २५०० नम्बरको बस सोमबार एकआपसमा ठक्कर खादा ३२ जना घाइते भएकोमा ३ जनाको सि एन सी अस्पताल कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये ११ जनाको चौराहा अस्पताल बुटवल, ४ जनाको सामुदायिक अस्पताल कपिलवस्तु, ४ जनाको युनाईटेड अस्पताल कपिलवस्तु, ५ जनाको सिएनसी अस्पताल कपिलवस्तु र ५ जनाको बुद्द पोलिक्लिनिक गोरुसिंङेमा उपचार भइरहेको छ । दुबै सवारी साधन र चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?