प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न निर्देशन

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २९, २०७५
|
|
३९ पटक हेरिएको
Shares
प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न निर्देशन

सारांश

  • काठमाडौँ।
  • सभामुख कृष्णबहादुर महराले तराई–मधेश तथा थरुहट आन्दोलनको छानबीन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन्।
  •   प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि राष्ट्रिय जनता पार्टी नेपालका सांसदले आफ्ना स्थानबाट उठेर अवरोध पुर्याएपछि सभामुखले राजपाको मागअनुरुप आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न/ गराउन सरकारलाई रुलिङ गरेका हुन्।
काठमाडौँ। सभामुख कृष्णबहादुर महराले तराई–मधेश तथा थरुहट आन्दोलनको छानबीन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन्। 
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि राष्ट्रिय जनता पार्टी नेपालका सांसदले आफ्ना स्थानबाट उठेर अवरोध पुर्याएपछि सभामुखले राजपाको मागअनुरुप आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न/ गराउन सरकारलाई रुलिङ गरेका हुन्। 
सभामुखले भने, “मैले अघिल्लो बैठकमा पनि सरकारको गम्भीर ध्यानकर्षण गराएको थिएँ, सरकारका तर्फबाट पनि जवाफ आएको थियो, उक्त आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न गराउन म निर्देशन दिन्छु। 
सभामुखको निर्देशनपछि राजपाका सांसदले आआफ्नो स्थान ग्रहण गरेपछि सदनको बैठक अहिले सञ्चालन भएको छ। प्रतिनिधिसभाको अघिल्लो बैठक राजपाको विरोधका कारण स्थगन भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलोपटक वेबसिरिजमा देखिदैँ श्वेता, पोस्टर सार्वजनिक
पहिलोपटक वेबसिरिजमा देखिदैँ श्वेता, पोस्टर सार्वजनिक
आयल निगमका खड्काद्वारा थप २० करोड घोटाला
आयल निगमका खड्काद्वारा थप २० करोड घोटाला
विदेशी मुद्रा सटहीमा राष्ट्र बैंकले ल्यायो लचिलो नीति
विदेशी मुद्रा सटहीमा राष्ट्र बैंकले ल्यायो लचिलो नीति
सुदूरपश्चिममा भूकम्पः डोटीमा छ जनाको मृत्यु
सुदूरपश्चिममा भूकम्पः डोटीमा छ जनाको मृत्यु
दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै
दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै
एन्फा प्रवक्ता राईको संयोजकत्वमा साफको प्रचार समिति गठन
एन्फा प्रवक्ता राईको संयोजकत्वमा साफको प्रचार समिति गठन
गणतन्त्रपछि नेपालमा यसरी मौलाउँदैछ धर्म परिवर्तन
गणतन्त्रपछि नेपालमा यसरी मौलाउँदैछ धर्म परिवर्तन
“मदनभण्डारीले भन्नुभएको छ,राजनीतिको रङ्ग खैरो र रेडक्रसको  रङ्ग हरियो हुन्छ रे “-पूर्वउद्योगमन्त्री बस्नेत
“मदनभण्डारीले भन्नुभएको छ,राजनीतिको रङ्ग खैरो र रेडक्रसको रङ्ग हरियो हुन्छ रे “-पूर्वउद्योगमन्त्री बस्नेत
अाेमप्रकाश मिश्रकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमाेदन !
अाेमप्रकाश मिश्रकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमाेदन !
२० देशका लागि राजदूत नियुक्ति सिफारिस, को को भए राजदूत सिफारिस ?
२० देशका लागि राजदूत नियुक्ति सिफारिस, को को भए राजदूत सिफारिस ?