माइतीघर मण्डलाबाट डा. केसीको आक्रोशः राज्य माफियाहरुले चलाइरहेका छन् ।

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ९, २०७५
|
|
२४ पटक हेरिएको
Shares
माइतीघर मण्डलाबाट डा. केसीको आक्रोशः राज्य माफियाहरुले चलाइरहेका छन् ।

सारांश

  •  काठमाडौं, ९ असार।
  •   चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक तत्काल ल्याउन र माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न नपाइने निर्णय खारेज गर्न माग गर्दै डा.
  • केसीको अगुवाइमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
 काठमाडौं, ९ असार।  चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक तत्काल ल्याउन र माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न नपाइने निर्णय खारेज गर्न माग गर्दै डा. केसीको अगुवाइमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

 जनता र विद्यार्थीमुखी ऐन आउनु पर्ने भन्दै उनले नभए आफ्ना कुरा कसरी सुनाउनुपर्छ भन्ने जानेको बताए ।
प्रदर्शनपछि संक्षित कुरा गर्दै डा. केसीले १४ पटकको अनसनपछि आएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक तत्काल ल्याउन माग गरे ।
हालै मात्र आफूले भेट्दा शिक्षामन्त्रीले ‘अध्यादेश जे छ, त्यही पास हुन्छ भन्ने छैन’ भनेको सुनाउँदै उनले नेता र माफियामुखी विधेयक ल्याउन खेल भइरहेको बताए । उनले भने, ‘राज्य माफियाहरुले चलाइरहेका छन् । माफियाको इन्ट्रेस्ट विना केही काम हुँदैन ।’
राजनीतिक दल र तीनका नेताहरु त्यतिकै जिम्मेवार रहेको भन्दै डा. केसीले भने, ‘माफिया भनेको त राजनीतिक दलले पो संचालन गर्ने रहेछन् । नेता नै माफिया रहेछन् भन्ने पुष्टि भएको छ ।’

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    सहि कुरा ।

    Comment Author

    Ishwar Kunwar

    aba yo boulauxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?