प्रदेश प्रमुखहरुको सपथ ग्रहण आज

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
२३ पटक हेरिएको
Shares
प्रदेश प्रमुखहरुको सपथ ग्रहण आज

सारांश

  • काठमाडौं, ५ माघ- नवनियुक्त प्रदेश प्रमुखहरुको पद तथा गोपनीयताको सपथ ग्रहण आज हुँदैछ ।
  • राष्ट्रपति कार्यालय शितल निवासमा आज दिउसो प्रदेश प्रमुखहरुको सपथ लिने कार्यक्रम रहेको छ ।
  • सरकारले सातवटै प्रदेशमा बुधबार प्रदेश प्रमुख तोकेको थियो ।

काठमाडौं, ५ माघ- नवनियुक्त प्रदेश प्रमुखहरुको पद तथा गोपनीयताको सपथ ग्रहण आज हुँदैछ । राष्ट्रपति कार्यालय शितल निवासमा आज दिउसो प्रदेश प्रमुखहरुको सपथ लिने कार्यक्रम रहेको छ ।

सरकारले सातवटै प्रदेशमा बुधबार प्रदेश प्रमुख तोकेको थियो । प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र प्रदेश सातमा मोहनराज मल्ल प्रदेश प्रमुखमा नियुक्त भइसकेका छन्।

संविधानको धारा १६७ अनुसार प्रदेश प्रमुखले कार्यभार सम्हाल्नुअघि संघीय कानुन बमोजिम राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिनुपर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?