विप्लवका कार्यकर्ताले फुटाए बसको सिसा
सारांश
- चितवन ।
- नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज बिहान पूर्वपश्चिम राजमार्गको खैरहनी चोकमा एक यात्रुवाहक बसको सिसा फुटाएका छन् ।
- जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सर्लाहीको बरहथवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख १०८५ नंको बसमा तिनले ढुङ्गा प्रहार गरेका थिए ।
चितवन । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज बिहान पूर्वपश्चिम राजमार्गको खैरहनी चोकमा एक यात्रुवाहक बसको सिसा फुटाएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सर्लाहीको बरहथवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख १०८५ नंको बसमा तिनले ढुङ्गा प्रहार गरेका थिए ।
बिहान २:४५ बजे स्कुटरमा चढेर आएका दुई जनाले पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित खैरहनी चोकमा गुडिरहेको गाडीमा ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट गाडीको चालकतर्फको झ्यालका सिसा फुटेका छन् ।
प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ढुङ्गा प्रहार गर्नेको खोजी भइरहेको छ । सो पार्टीले आफ्ना गिरफ्तार कार्यकर्ताको रिहाइको माग गर्दै आज नेपाल बन्दको आह्वान गरेको छ ।
जिल्ला हुँदै लामो दूरीमा गुड्ने सवारीसाधनलाई स्कर्टिङ गरिएको थापाले बताएका छन् । स्थानीयस्तरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बन्दको प्रभाव बिहानसम्म खासै देखिएको छैन ।
प्रतिक्रिया