लोकतन्त्र दिवस :मुलुकले के पायाे के गुमायाे ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ११, २०७६
|
|
२४ पटक हेरिएको
Shares
लोकतन्त्र दिवस :मुलुकले के पायाे के गुमायाे ?

सारांश

  • काठमाडौं।
  • २०६३/०६३ को जनआन्दोलन सफल भई वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदैछ।
  • २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए।
काठमाडौं। २०६३/०६३ को जनआन्दोलन सफल भई वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदैछ। २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए।
विभिन्न सात राजनीतिक दल र तत्कालीन माओवादीबीच भएको  १२ बुँदे सहमतिपछि जनआन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा ज्ञानेन्द्रले संसद पुनःस्थापना गरेका थिए।
 पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो। नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो। 
संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो। पहिलो संविधानसभाले मुलुकलाई गणतन्त्रात्मक राज्य घोषणा गरेपनि संविधानसभाबाट संविधान भने जारी गराउन सकेन। पहिलो संविधानसभाबाट संविधान जारी हुन नसकेपछि २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाले मुलुकमा नयाँ संविधान जारी गरेको छ। 
संविधानसभाबाट बनेको संविधानले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई संस्थागत गरेको छ। मुलुकमा संघीय शासन व्यवस्थाको सुरु भएको छ। अहिले सात वटा प्रदेशले संघीयताको अभ्यास गरिरहेका छन्। नयाँ संविधान अनुसार मुलुकमा तीन वटा सरकार क्रियाशील छन्। स्थानीय तह, प्रदेश र संघ गरी तीनवटै तहको निर्वाचन भएपछि मुलुक समृद्धिको यात्रामा अगाडि बढेको छ।
यतिबेला मुलुकमा स्थायी सरकार गठन भएको छ भने विकास निर्माणका कामले पनि गति लिन थालेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?