कुदिरहेको मोटरसाइकलमा अचानक आगो लागेपछि…
सारांश
- काठमाडौं, १७ पुस ।
- कुदिरहेको मोटरसाइकलमा अचानक आगो लाग्न सक्छ ?
- सोमवार दिउँसो राजधानीको चावहिलमा कुदिरहेकै अवस्थामा मोटरसाइकलमा आगो लागेको छ ।
काठमाडौं, १७ पुस । कुदिरहेको मोटरसाइकलमा अचानक आगो लाग्न सक्छ ? सोमवार दिउँसो राजधानीको चावहिलमा कुदिरहेकै अवस्थामा मोटरसाइकलमा आगो लागेको छ ।
सोलुखुम्बु घर भई हाल कपनमा बस्ने रमेश राईले चलाएको बा २० प ६८७ नम्बरको मोटरसाइकलमा आज दिउँसो २ बजेतिर आगो लागेको हो । उनले नजिकैको पेट्रोलपम्पमा शुरुमा ५ सयको तेल हालेका थिए । पछि पूरै ट्यांकी भराएर तेल चुहिएको ठाउँमा कपडाले पुछेका थिए ।
कपडाले तेल पुछेर मोटरसाइकल स्टार्ट गरेर हिँडेका राईको मोटरसाइकल गोपीकृष्ण हलनजिक पुग्दा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् । आफ्नो मोटरसाइकलमा आगो दन्किएको थाहा पाएपछि उनी मोटरसाइकलबाट हाम्फालेर ज्यान जोगाएका थिए ।
मोटरसाइकलकामै नलाग्ने गरी जलेको बताइएको छ । उक्त घटनापछि मान्छेको भिडभाड जम्मा भएको थियो । घटनास्थलमा पुगेको प्रहरीले मोटरसाइकलमा आगो लाग्नुको कारण र चालकको अवस्थाबारे बुझिरहेको छ ।
प्रतिक्रिया