वीरगन्जमा गोली चल्दा एक गम्भीर घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १७, २०७४
|
|
२० पटक हेरिएको
Shares
वीरगन्जमा गोली चल्दा एक गम्भीर घाइते

सारांश

  • काठमाडौं, १७ फागुन -पर्सामा गोली चल्दा एकजना गम्भीर घाइते भएका छन् ।
  • अज्ञात हतियारधारीले पर्साको प्रहरी कार्यालय नजिकै गोली चलाउँदा वीरगन्ज महानगरपालिका–१३ रानीघाटका उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका छन्।
  • गएराति साढे ९ बजेतिर गोली प्रहार हुँदा ३२ वर्षे चौरासिया घाइते भएका हुन् ।

काठमाडौं, १७ फागुन -पर्सामा गोली चल्दा एकजना गम्भीर घाइते भएका छन् । अज्ञात हतियारधारीले पर्साको प्रहरी कार्यालय नजिकै गोली चलाउँदा वीरगन्ज महानगरपालिका–१३ रानीघाटका उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका छन्।

गएराति साढे ९ बजेतिर गोली प्रहार हुँदा ३२ वर्षे चौरासिया घाइते भएका हुन् । उनको दाहिने कोखामा गोली लागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए।

घाइते चौरसियाको वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार नभएपछि वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयभन्दा नजिकै रातोबंगला अघि गोली चलेको हो । धागो व्यापारी रहेका चौरासियालाई गोली लागेपछि स्थानीय त्रसित छन् ।

प्रहरीका अनुसार गोली प्रहारमा संलग्नको खोजी कार्य धैरहेको छ । भारतसँग सीमा जोडिएका ठाउँमा चेकजाँचलाई तीव्र पारिएको र नगर क्षेत्रमा भित्रिने र बाहिरिने बाटोमा कडा चेकजाँच भइरहेको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कारको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया को हत्या
बलात्कारको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया को हत्या
प्रचण्डलाइ प्रदेश नं २ का मन्त्रीकाे मुखभरीकाे जवाफ!
प्रचण्डलाइ प्रदेश नं २ का मन्त्रीकाे मुखभरीकाे जवाफ!
सर्वोच्चको आदेश विरोध प्रदर्शन नरोक
आतङ्कवादी आक्रमणमा सम्लग्नलाई हदैसम्म कडा कारबाही हुनुपर्छः अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प !
संसदमा सम्बोधन गर्दै प्रम ओली, गुठी विधेयक फिर्ता होला की स्थगन ?
संसदमा सम्बोधन गर्दै प्रम ओली, गुठी विधेयक फिर्ता होला की स्थगन ?
स्याङ्जामा खेलाडी तथा प्रशिक्षक सम्मानित !
स्याङ्जामा खेलाडी तथा प्रशिक्षक सम्मानित !
देश राजनीतिक रूपमा अराजकतातर्फ अग्रसर भएको छ : ओली
देश राजनीतिक रूपमा अराजकतातर्फ अग्रसर भएको छ : ओली
पुष्पले केकिलाई ज्यानै खायो सोल्टिनी भनेपछि के भयो?
पुष्पले केकिलाई ज्यानै खायो सोल्टिनी भनेपछि के भयो?
प्रेमीसँग मिलेर यसरी बनाइन् आफ्नै पतिलाई मार्ने योजना
प्रेमीसँग मिलेर यसरी बनाइन् आफ्नै पतिलाई मार्ने योजना
“अर्घाखाँचीमा दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले सुरू गर्यो चालकको स्वास्थ्य परिक्षण”
“अर्घाखाँचीमा दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले सुरू गर्यो चालकको स्वास्थ्य परिक्षण”

तपाईंले छुटाउनुभयो कि?