माघ १८ गते प्रदेशसभा बैठक आह्वान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
२६ पटक हेरिएको
Shares
माघ १८ गते प्रदेशसभा बैठक आह्वान

सारांश

  • काठमाडौं, ११ माघ ।
  • प्रदेश नम्बर ३ का प्रमुख अनुराधा कोइरालाले माघ १८ गतेका लागि प्रदेशसभा बैठक आह्वान गरेकी छिन् ।
  • माघ १८ गते दिउँसो १ बजे लागि बोलाइएको बैठक हेटौंडाका प्रदेशसभा भवनमा बस्ने छ ।

काठमाडौं, ११ माघ । प्रदेश नम्बर ३ का प्रमुख अनुराधा कोइरालाले माघ १८ गतेका लागि प्रदेशसभा बैठक आह्वान गरेकी छिन् ।

माघ १८ गते दिउँसो १ बजे लागि बोलाइएको बैठक हेटौंडाका प्रदेशसभा भवनमा बस्ने छ ।

तीन नम्बर प्रदेशमा नेकपा एमालेको बहुमत छ । तर बहुमत भए पनि एमालेले अहिलेसम्म प्रदेश संसदीय दलको नेता भने चयन गर्न सकेको छैन ।

पार्टीबाट प्रदेश नम्बर तीनमा मुख्यमन्त्रीका आकांक्षी धेरै भएपछि एमालेलाई कसलाई अगाडि बढाउने भन्ने समस्या देखिएको छ ।

एमाले उपाध्याक्ष अष्टलक्ष्मी शाक्य, नेता राजेन्द्र पाण्डे र केशव स्थापितले मुख्यमन्त्रीमा दावी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?