कांग्रेसको मुद्दा बनेका डा. केसीले जुस पिए, अब के गर्ला कांग्रेस ?
सारांश
- काठमाडौं, ११ साउन ।
- नेपाली कांग्रेसको दमदार मुद्दा बनेको डा.
- गोविन्द केसीको अनशन तोडिएको छ ।
काठमाडौं, ११ साउन । नेपाली कांग्रेसको दमदार मुद्दा बनेको डा. गोविन्द केसीको अनशन तोडिएको छ । डा. केसीका माग सम्बोधन भएपछि उनले जुस पिएर अनशन तोडेपछि अब कांग्रेसले के गर्ला भन्ने प्रश्न उब्जिएको छ ।
यही प्रश्नको उत्तर दिँदै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, “सरकार पक्षलाई लागेको होला, डा. केसीसँगको सहमतिपछि कांग्रेसका मुद्दा सकिए । तर, हाम्रा मुद्दा सकिएका छैनन् ।”
प्रवक्ता शर्माले सञ्चारमाध्यमहरुमा बुँदागतरुपमा कांग्रेसका मुद्दाहरु बताएका छन् ः
१. डा केसीसँग सरकारले गरेको सहमति कार्यान्वयनका लागि नेपाली कांग्रेसले सधैँ खबरदारी गरिरहने छ ।
२. नेपालको संविधान २०७२ को धारा ९१ (२) मा प्रतिनिधि सभाका सभामुख–उपसभामुख फरक फरक दलको हुनुपर्ने भन्ने स्पष्ट व्यवस्था छ । उपसभामुख नेपाली कांग्रेसले पाउनु पर्छ भनेर यो कुरा भनेका होइनौँ । संविधानको भावनाको कार्यान्वयनका लागि प्रतिनिधि सभाका सभामुख र उपसभामुख फरक फरक दलबाट हुनुपर्छ भनेका हौँ । यो कुरा हामी जोडदार रुपमा उठाउनेछौँ ।
३ मूल्यबृद्धिले जनताको ढाड सेकेको छ । महङ्गीको मारबाट जनता आक्रान्त बनेका छन् । हाम्रा लागि यो निकै महत्वपूर्ण मुद्दा हो । यो विषयलाई पनि हामी जोडदार रुपमा उठाउने छौँ ।
४. सरकारले अनावश्यक रुपमा कतिपय ठाउँमा निषेधाज्ञा जारी गरेको छ । हुन त, निषेधाज्ञा लगाउने सरकारको कदमलाई सर्वोच्च अदालतले रोक लगाएको छ । तर त्यो अन्तरिम आदेशमात्र हो । त्यसैले, निषेधाज्ञाको विषयमा पनि हामी सरकारलाई खबरदारी गरिरहन्छौँ ।
५. माथिका विषयमा जनताको ध्यान आकृष्ट गर्न, सरकारलाई खबरदारी गर्न हामीले १५ साउनमा देशब्यापी रुपमा सांकेतिक प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेका थियौँ । विरोध प्रदर्शनको यो कार्यक्रम जारी रहन्छ ।
Dhakal Madhav
Aba mare hunchha kalo kakgres
Krishna Thakuri
पहिला गंगा मायालाई उचालेर गङरङ्ग पल्टियाे त्यसपछि के सीलाई समायाे र फेरि पल्टिएको छ अब प्रशााई छदैछ नि के काे पिर काँग्रेसहरूलाई
Raju Budathoki Budathoki
Ab janta mudda xanni mahangi
Damodar Dahal
अब केही दिन सुत्ने , दशैं पछि उठ्ने अनि ने क पा को महाधिवेशनको trailor हेर्नै त्यसपछि योजना बनाउने ।
Chhabi Lal Khanal
why they are not caring about the Road , School, hospital,unemployement,black marketting,ect.
Laxman Gurung
Aba rakshi peucha Congress le….
Gyanu Khawash
Bharatasaga guhar magau vaneni modile ghogo dekhaidinxan aba srimatiko fariya dhunu basnu tehi thik xa eniharulai
Sangram Tamang
Hahaha….