हृदयाघातका कारण वडासदस्यको निधन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १२, २०७४
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • जितपुर, कपिलवस्तु, १२ माघ , हृदयाघातका कारण यहाँ नेकपा (एमाले)का जिल्ला कमिटी सदस्य एवं कपिलवस्तु नगरपालिका–६ का वडासदस्य यज्ञप्रसाद खनालको बिहीबार मृत्यु भएको छ ।
  • वडा नं ६ बर्मेलीटोल निवासी ५२ वर्षीय खनाललाई हृदयाघात भएपछि तौलिहवा अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
  • मृतक खनालका दुई श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ ।

जितपुर, कपिलवस्तु, १२ माघ , हृदयाघातका कारण यहाँ नेकपा (एमाले)का जिल्ला कमिटी सदस्य एवं कपिलवस्तु नगरपालिका–६ का वडासदस्य यज्ञप्रसाद खनालको बिहीबार मृत्यु भएको छ ।

वडा नं ६ बर्मेलीटोल निवासी ५२ वर्षीय खनाललाई हृदयाघात भएपछि तौलिहवा अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । मृतक खनालका दुई श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ । उहाँको आज बिहान रामघाटमा दाहसंस्कार गरिने एमालेका जिल्ला सदस्य युवराज पोख्रेलले जानकारी दिनुभयो ।

खनालको निधनप्रति एमाले कपिलवस्तुले गहिरो दुःख व्यक्त गरेको छ । पार्टी अध्यक्ष झविलाल पोख्रेलद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरिएको हो ।

डुबेर बालिकाको मृत्यु

यसैबीच, यहाँ एक बालिकाकोे बिहीबार बाल्टिनमा डुबेर मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–६, मौवा कटौरया निवासी अब्दुल अजिजकी दुई वर्षीया छोरी इकार मोनीहरको आफ्नै घरमा खेल्नेक्रममा धारा नजिक पानी भरेर राखेको बाल्टीनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, गोरुसिंगेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिनुभयो ।

पानीका डुबेर गम्भीर घाईते भएकी बालिकालाई जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षण पछि बिहीबारनै परिवारको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?