अङ्ग्रेजी बोर्डिङ स्कुलमा संस्कृत पठनपाठन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १७, २०७६
|
|
२९ पटक हेरिएको
Shares
अङ्ग्रेजी बोर्डिङ स्कुलमा संस्कृत पठनपाठन

सारांश

  • ‘बोर्डिङ स्कुलहरुबीच अङ्ग्रेजी भाषामा पठनपाठन गराउने प्रतिस्पर्धा भइरहेको वेला यहाँको एक निजी ‘बोर्डिङ स्कुल‘ले प्राचीन भाषा संस्कृत विषयको पठनपाठन शुरु गरेको छ ।
  • धनगढीको क्यास्पियन एकेडेमीले कक्षा ५, ६ र ७ मा संस्कृत विषयको पठनपाठन शुरु गरेको हो ।
  • संस्कृत मानिसको नैतिकता, आचरण, भाषा संस्कृतिसँग जोडिएकाले यो विषयको पठनपाठन शुरु गरिएको विद्यालयका संस्थापक अध्यक्ष मोहनराज शर्माले बताउनुभयो ।

‘बोर्डिङ स्कुलहरुबीच अङ्ग्रेजी भाषामा पठनपाठन गराउने प्रतिस्पर्धा भइरहेको वेला यहाँको एक निजी ‘बोर्डिङ स्कुल‘ले प्राचीन भाषा संस्कृत विषयको पठनपाठन शुरु गरेको छ ।

धनगढीको क्यास्पियन एकेडेमीले कक्षा ५, ६ र ७ मा संस्कृत विषयको पठनपाठन शुरु गरेको हो । संस्कृत मानिसको नैतिकता, आचरण, भाषा संस्कृतिसँग जोडिएकाले यो विषयको पठनपाठन शुरु गरिएको विद्यालयका संस्थापक अध्यक्ष मोहनराज शर्माले बताउनुभयो ।

विद्यालयको संस्कृत विषयका शिक्षक खगेन्द्र अवस्थीले संस्कृतलाई देव भाषाका रुपमा लिइने भएकोले यसको ज्ञान प्राप्तिबाट नै मानवको व्यवहार, रस र ज्ञान प्राप्ति हुने बताउनुभयो ।

संस्कृतको महत्व दर्शाउँदै उहाँले भन्नुभयो—
‘‘भाषायां जननी यस्स,संस्कृतम् नाम केवलम् ।
जन्म मृत्यु यथाकर्म,पवित्रम् सर्वसाधनम् ।।‘‘

अर्थात् संस्कृत भाषा सबै भाषाको जननी र पहिलो भाषा हो, संस्कृत भाषाले जन्मेदेखि मृत्युसम्म गरिने संस्कारलाई पवित्र पार्ने काम गर्दछ । अभिभावक हीरा भण्डारीले संस्कृत भाषा सबै भाषाको जननी भएकोले विद्यालयले थालेको संस्कृत पठनपाठनका काम सरहानीय भएको प्रतिक्रिया दिनुभयो ।

विद्यालयको ५, ६ र ७ कक्षामा गरी झण्डै १०० छात्रछात्राले संस्कृत विषय अध्ययन गर्न थालेका छन् । अभिभावक र समाजबाट सकारात्मक प्रतिक्रिया आएमा आगामी दिनमा माथिल्लो कक्षामासमेत संस्कृत विषयको अध्ययन शुरु गर्ने योजना रहेको विद्यालयका संयोजक तपराज विनाडीले बताउनुभयो ।

संस्कृत विषयको पठनपाठन संस्कृत विद्यालय, आश्रम र पीठहरुमा मात्र हुने गरेको छ । विद्यार्थीलाई संस्कृत विषयको पुस्तक निःशुल्क उपलब्ध गराउन पहल गरिएको संस्थापक अध्यक्ष शर्माले बताउनुभयो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनकाे लागि गुगलले विशेष सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दै
चीनकाे लागि गुगलले विशेष सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दै
स्वास्थ्य महोत्सव उद्घाटन गर्न ओली र प्रचण्ड झापा जाने ।
स्वास्थ्य महोत्सव उद्घाटन गर्न ओली र प्रचण्ड झापा जाने ।
रकम ठगी गरेको आरोपमा दुई वैदेशिक रोजगार व्यवसायी पक्राउ
रकम ठगी गरेको आरोपमा दुई वैदेशिक रोजगार व्यवसायी पक्राउ
राजधानी विराटनगर नै बनाउने नेकपा निर्णय
राजधानी विराटनगर नै बनाउने नेकपा निर्णय
पत्रकारको प्रश्नको सामना गर्न नसके पछि स्टुडियोबाट यसरी बाहिरिए उपप्रधानमन्त्री उपेन्द्र यादव (भिडियो सहित)
पत्रकारको प्रश्नको सामना गर्न नसके पछि स्टुडियोबाट यसरी बाहिरिए उपप्रधानमन्त्री उपेन्द्र यादव (भिडियो सहित)
सुन तस्करीका मुख्य नाइके ‘गोरे’ गौरीघाट बाट यसरी समातिए,गृह मन्त्रालयमा खुलाए यस्तो थप रहस्य
सुन तस्करीका मुख्य नाइके ‘गोरे’ गौरीघाट बाट यसरी समातिए,गृह मन्त्रालयमा खुलाए यस्तो थप रहस्य
अर्को साता बिस्तार हुने मन्त्रिपरिषद्मा मन्त्री बन्ने सम्भावनामा को को ???
अर्को साता बिस्तार हुने मन्त्रिपरिषद्मा मन्त्री बन्ने सम्भावनामा को को ???
ओलीका उदारो आश्वासनहरु, जुन सायदै पूरा गरे
ओलीका उदारो आश्वासनहरु, जुन सायदै पूरा गरे
पाहुना बोलाउन जाँदै गण्डकी सरकार
पाहुना बोलाउन जाँदै गण्डकी सरकार
भारतको एक मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु
भारतको एक मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?