प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
४७ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल

सारांश

  • काठमाडौँ, ११ फागुन, मन्त्रिपरिषद््को आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रिमाललाई मुख्य सल्लाहकारमा नियुक्त गरेको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो ।
  • बैठकले नेपाल सरकारको कार्य सम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कूल १८ मन्त्रालय रहने पनि निर्णय गरेको छ ।

काठमाडौँ, ११ फागुन, मन्त्रिपरिषद््को आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रिमाललाई मुख्य सल्लाहकारमा नियुक्त गरेको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो ।

बैठकले नेपाल सरकारको कार्य सम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कूल १८ मन्त्रालय रहने पनि निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकलगत्तै अहिले नेकपा (माओवादी केन्द्र) सँगको एकता र मन्त्रिमण्डल विस्तारका विषयमा छलफल गर्न एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ ।

बैठकको शुरुमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको ६७ औँ जन्मदिनका अवसरमा केक काटिएको थियो । जन्मदिनकै अवसरमा बिहान प्रधानमन्त्री ओलीलाई भारत र चीनका राजदूतहरु आएर शुभकामना दिनुभएको थियो ।

(Felbatol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीलाई ‘चीनको कठपुतली’ भन्दै कँग्रेस आईका प्रवक्ता सिंघवीले लेखे – ओलीले मानसिक सन्तुलन गुमाएको देखियो
प्रधानमन्त्री ओलीलाई ‘चीनको कठपुतली’ भन्दै कँग्रेस आईका प्रवक्ता सिंघवीले लेखे – ओलीले मानसिक सन्तुलन गुमाएको देखियो
यौन दुर्व्यवहारको मुद्दामा अमेरिकी जिम्नास्टिक्स् बोर्डको राजीनामा
यौन दुर्व्यवहारको मुद्दामा अमेरिकी जिम्नास्टिक्स् बोर्डको राजीनामा
रसुवागढी नाकाः पुलको जोखिमपछि सवारीसाधनमा रोक
रसुवागढी नाकाः पुलको जोखिमपछि सवारीसाधनमा रोक
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
नारायणीको जल सतह अझै सतर्कता तहमाथि
नारायणीको जल सतह अझै सतर्कता तहमाथि
झुक्यो हिमालय टेलिभिजन, पत्रकार महासंघ र हिमालय टेलिभिजनबीच तीन बुँदे सहमति
झुक्यो हिमालय टेलिभिजन, पत्रकार महासंघ र हिमालय टेलिभिजनबीच तीन बुँदे सहमति
हुम्लामा पुनः भारी हिमपात
हुम्लामा पुनः भारी हिमपात
आज कुशे औँसी, पिताको सम्मान गर्ने दिन
आज कुशे औँसी, पिताको सम्मान गर्ने दिन
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुने
असार ८ गते आइतबारको राशीफल यस्तो छ