मातातीर्थ कुण्डमा भक्तजनको भीड

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
४० पटक हेरिएको
Shares
मातातीर्थ कुण्डमा भक्तजनको भीड

सारांश

  • काठमाडौँ, ३ वैशाख,चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
  • प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औँसीका दिन यहाँ मेला लाग्ने गर्दछ ।
  • कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् ।

काठमाडौँ, ३ वैशाख,चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औँसीका दिन यहाँ मेला लाग्ने गर्दछ । कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । दिवंगत माताको स्मरणमा उक्त कुण्डमा स्नान गरेर पवित्र मनका साथ तर्पण दिएपछि र पोखरीमा हेरेमा जन्म दिने माताको स्वरूपको दर्शन पाइने जनविश्वास छ ।

उक्त कुण्डमा वैशाख कृष्ण औँसीका दिन एक जना ग्वालाले प्यास लागेर पानी खान जाँदा दिवंगत भएकी आफ्नो माताको स्वरुप देखेको किंवदन्ती पाइन्छ ।

नगरपालिकाका उपप्रमुख लीसा नकर्मीले त्यहाँ आउने भक्तजनको सुविधाका लागि सुरक्षाकर्मी, स्वयम्सेवकको व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार दिवंगत भएकी माता प्रसन्न भइदिएको आशीर्वादको प्रभावले छोराछोरीहरू शान्ति, सुखी र समृद्धि हुने पनि विश्वास गरिएको छ । उक्त स्थानलाई धार्मिक पर्यटकीयस्थलका रुपमा प्रवद्र्धन गर्न गृहकार्य भइरहेको उपप्रमुख नकर्मीले जानकारी दिनुभयो ।

स्वस्थानी कथामा यो कुण्डमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको प्रसंग पाइन्छ । हिन्दू धर्मावलम्बीले जन्म दिने आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन मान्यता तथा विश्वासका साथ सो तीर्थस्थलमा मेला भर्न आउने गर्दछन् । विशेषगरी आमा दिवंगत भएका भक्तजन आउने उक्त तीर्थस्थलमा काठमाडौँ तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको सहभागिता बढेको छ । आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिनका रुपमा हिन्दूले आजको दिन दिवसका रुपमा मनाउने गर्दछन् । स्थानीय गुर्जुधारादेखि मातातीर्थसम्म चल्ने सवारी साधनलाई आज निषेध गरी अन्यत्रैबाट वैकल्पिक व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिमुरेमा गैरकानूनी सामान बरामद
टिमुरेमा गैरकानूनी सामान बरामद
सिहदरवारमा पत्रकारहरुलाई सहज पहुँचका लागी गृहमन्त्रीलाई ध्यानाकर्षण
सिहदरवारमा पत्रकारहरुलाई सहज पहुँचका लागी गृहमन्त्रीलाई ध्यानाकर्षण
रूसको कुर्स्क क्षेत्रका २८ गाउँ युक्रेनको कब्जामा
रूसको कुर्स्क क्षेत्रका २८ गाउँ युक्रेनको कब्जामा
विद्याले स्व रवीन्द्रको जन्मघरबाटको चुनावी अभियान शुरु गर्ने
विद्याले स्व रवीन्द्रको जन्मघरबाटको चुनावी अभियान शुरु गर्ने
ओलीको गृहनगरमा माओवादी र सिटौलको गृहनगरमा एमालेको अग्रता
ओलीको गृहनगरमा माओवादी र सिटौलको गृहनगरमा एमालेको अग्रता
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
ज्ञवाली आइजीपी बन्ने, पाँच महिना यीनको चल्नेछ प्रतिष्पर्धा
ज्ञवाली आइजीपी बन्ने, पाँच महिना यीनको चल्नेछ प्रतिष्पर्धा
अमेरिकी हवाई बम हमलामा नौ जना अफगानी प्रहरी मारिए !
अमेरिकी हवाई बम हमलामा नौ जना अफगानी प्रहरी मारिए !
शरीरमा पसिनाको दुर्गन्ध हटाउन के गर्ने रु अपनाउनुस् यी तरिका
शरीरमा पसिनाको दुर्गन्ध हटाउन के गर्ने रु अपनाउनुस् यी तरिका
बलात्कार प्रयासका फरार तीन अभियुक्त पक्राउ
बलात्कार प्रयासका फरार तीन अभियुक्त पक्राउ