यसकारण हारे अष्टलक्ष्मी शाक्य र भीम आचार्य

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
२० पटक हेरिएको
Shares
यसकारण हारे अष्टलक्ष्मी शाक्य र भीम आचार्य

सारांश

  • काठमाडौँ, माघ २७ ।
  • नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव भीम आचार्य मुख्यमन्त्रीको दौडमा नराम्रोसँग पछारिएका छन् ।
  • चर्चाकै नरहेका र मुख्यमन्त्रीका लागि खासै इच्छा पनि व्यक्त नगरेका डोरमणि पौडेल अष्टलक्ष्मीलाई हराउँदै शुक्रबार एकाएक प्रदेश नम्बर ३ को संसदीय दलको नेतामा निर्वाचित भए ।

काठमाडौँ, माघ २७ । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव भीम आचार्य मुख्यमन्त्रीको दौडमा नराम्रोसँग पछारिएका छन् ।

चर्चाकै नरहेका र मुख्यमन्त्रीका लागि खासै इच्छा पनि व्यक्त नगरेका डोरमणि पौडेल अष्टलक्ष्मीलाई हराउँदै शुक्रबार एकाएक प्रदेश नम्बर ३ को संसदीय दलको नेतामा निर्वाचित भए । अब मुख्यमन्त्री बन्ने बाटो पनि उनलाई खुलेको छ ।

मुलतः शाक्य हार्नुका पछाडि एमालेभित्रको चरमगुट मुख्य कारण हो । अष्टलक्ष्मी आफै सर्वसम्मत बन्न सम्भव भएन् । उनलाई आफ्नै गुटमा रहेकाले पनि विश्वास गरेनन् । किनकी चुनाव जितेलगत्तै प्रदेश नम्बर ३ मा मुख्यमन्त्रीका सबैभन्दा बढी दाबेदार देखिए । सर्वसम्मत बन्न नसकेपछि गुटगत चुनाव भयो, जसमा अष्टलक्ष्मी हारिन् । सभामुख मागिरहेका डोरमणिलाई मुख्यमन्त्री बन्ने भाग्य खुल्यो ।

एमालेका शीर्ष नेताहरुबीचको चरम गुटबन्दीको शिकार अष्टलक्ष्मी भएकी हुन् । एमाले अध्यक्ष ओलीमात्रै होइन्, माधव नेपाल र झलनाथ खनाल पनि यसमा उत्तिकै दोषी छन् । किनकी उनीहरुले अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउन सामूहिक पहल नै गरेनन् ।

गएको महाधिवेशनमा माधव नेपाल टिमबाट उपाध्यक्ष जितेकी अष्टलक्ष्मीले सहानूभुति भोट ल्याउनेमा नेपाल पक्ष ढुक्क थियो । अष्टलक्ष्मी स्वयम पनि नेवार र महिलाको भोट आउनेमा ढुक्क थिइन् । तर, जात, वर्ग र लिंगले यो चुनावमा खासै अर्थ राखेन । जसका कारण काठमाडौँकै नेवार समुदायका केशव स्थापित र सानुकुमार श्रेष्ठ जस्ता नेताहरुको पनि उनले भोट पाइनन् । यसो त राजेन्द्र पाण्डे जस्ता नेताहरुलाई उनले आफ्नै टिममा समेट्न सकिनन् । उनी आफैको अंकगणित पनि कमजोर भयो । हार्ने चुनाव नउठ्न अध्यक्ष ओलीले गरेको आग्रह नमान्नु पनि उनको अर्को गल्ती हो । किनकी सर्वसम्मत बन्न नसक्दा उनले अरु कोही नेतालाई अघि सार्न सक्थिन् । हार्ने देख्दादेख्दा पनि माधव नेपाल र झलनाथ खनालले अष्टलक्ष्मीलाई रोक्न सकेनन् । उनका विकल्पमा पशुपति चौलागाईं, अरुण नेपाल जस्ता नेताहरु माधव नेपाल समूहसँग थिए ।

निर्मम रुपमा गुट हाबी भएका कारण चार दशकदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय अष्टलक्ष्मी पहिलो महिला मुख्यमन्त्री बन्न पाइनन् । २०२८ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेकी अष्टलक्ष्मी २०४९ सालदेखि निरन्तर एमालेको केन्द्रीय कमिटीमा छिन् ।

संयोग कस्तो परेको छ भने शुक्रबार १ नम्बर प्रदेशमा भएको संसदीय दलको चुनावमा माधव नेपाल समूहकै भनेर चिनिएका पार्टीका सचिव भीम आचार्य पराजित भए । उनले पनि आफ्नै समूहका सांसदहरुको समर्थन जुटाउन पाएनन् । शेरधन राई उठेपछि संस्थापन पक्षको समर्थन पाउने त सम्भव नै भएन् । जम्मा दुई मतको अन्तरले शेरधन संसदीय दलको नेता बने ।

प्रदेश नम्बर १ को इन्चार्ज समेत रहेका आचार्यलाई जीवन घिमिरेजस्ता माधव नेपाल समूहकै नेताहरुले टक्कर दिए । जसका कारण उनको मुख्यमन्त्री बन्ने यात्रामा बिराम लाग्यो । शेरधनका कारण पूर्वका कतिपय जातिय भोट पनि रोकियो । स्थानीय तहको चुनावमा पैसाको चलखेल भएको, मन्त्री हुँदा पार्टीले फिर्ता बोलाएको जस्ता आरोप र विगतका उनका इतिहासले पनि उनलाई धोका दियो । प्रदेश नम्बर एकमा ओली र नेपाल पक्ष हाराहारीकै अबस्थामा थियो । तर, उनले आफ्नो पक्षको मत जोगाउन सकेनन् ।

यसो त संसदीय दलको चुनाव जितेका डोरमणि पौडेल र शेरधन राई आफैमा योग्य र क्षमतावान नेता हुन् । पौडेल लगातार दुई कार्यकाल हेटौंडाको मेयर भएर चर्चा कमाएका नेता हुन् । उनी राज्य पुनर्संरचना र संघियताका विज्ञ समेत हुन् । विकासप्रेमी नेताका रुपमा पौडेल चिनिन्छन् ।

राई कलिलो उमेरमै पार्टीको जिल्ला नेतृत्व सम्हालेर चर्चामा आएका नेता हुन् । भोजपुरमा पार्टीको नेतृत्व गर्दै केन्द्रीय कमिटीसम्म आइपुग्दा अनि संचारमन्त्री बनेर काम गर्दा उनको क्षमताको परिक्षण भइसकेको छ । शालिन, दूरदर्शी र मिलनसार नेताका रुपमा राई चिनिन्छन् ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Kc Ganesh

    ठिक्क भयो यउटा पाटि भिैत्र अलग गुण बनायर अनडा अाेथार्न खोज्दा,को परिणाम यस्तै हुन्छ ।

    Comment Author

    Kc Ganesh

    ठिक्क भयो यउटा पाटि भिैत्र अलग गुण बनायर अनडा अाेथार्न खोज्दा,को परिणाम यस्तै हुन्छ ।

    Comment Author

    Kc Ganesh

    ठिक्क भयो यउटा पाटि भिैत्र अलग गुण बनायर अनडा अाेथार्न खोज्दा,को परिणाम यस्तै हुन्छ ।

    Comment Author

    Baburam Adhikari

    को कति वर्ष देखि पार्टीमा लागेको ,पार्टीमा कस्को के पद छ ?भन्ने भन्दा नि काम गर्ने क्षमता ,इमानदार ,विस्वासीलो लोकपि्रय हुनुपर्‍यो ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैद्विक गुरुकुलको अध्यक्षमा पुरुषोत्तम अर्याल, ‘योगालाई चियाइ हेर्दा’ पुस्तक विमोचन
बैद्विक गुरुकुलको अध्यक्षमा पुरुषोत्तम अर्याल, ‘योगालाई चियाइ हेर्दा’ पुस्तक विमोचन
सुन समातिन्छ, मालिक हराउँछन्
सुन समातिन्छ, मालिक हराउँछन्
डा केसी हेलिकोप्टर चढ्ने बित्तिकै नारायणकाजी श्रेष्ठले गरे यस्ताे  ट्वीट
डा केसी हेलिकोप्टर चढ्ने बित्तिकै नारायणकाजी श्रेष्ठले गरे यस्ताे ट्वीट
पोखरा आउदै गरेको बस कृस्तिमा दुर्घटना, २२ घाइते ।
पोखरा आउदै गरेको बस कृस्तिमा दुर्घटना, २२ घाइते ।
मेलम्चीका कारण अन्य आयोजनाहरु प्रभावित नहुने- खानेपानी मन्त्री बीना मगर
मेलम्चीका कारण अन्य आयोजनाहरु प्रभावित नहुने- खानेपानी मन्त्री बीना मगर
एसपी र इन्स्पेक्टर सेवाबाट हटेपछि निर्मलाका बुबा अामाले किनभने , कल्पनासमेत गरेका थिएनाैँ !
एसपी र इन्स्पेक्टर सेवाबाट हटेपछि निर्मलाका बुबा अामाले किनभने , कल्पनासमेत गरेका थिएनाैँ !
विवाह पञ्चमी पर्व देशभर मनाइँदै
विवाह पञ्चमी पर्व देशभर मनाइँदै
भारततिर लैजाँदै गरिएका मूर्ति बरामद
भारततिर लैजाँदै गरिएका मूर्ति बरामद
ब्लकेड वाज क्राइम मिष्टर मोदी’ ट्रेण्डिङले भारतीय दूतावासमा तरङ्ग !
ब्लकेड वाज क्राइम मिष्टर मोदी’ ट्रेण्डिङले भारतीय दूतावासमा तरङ्ग !
Meet Television actresses who took break after embracing motherhood!
Meet Television actresses who took break after embracing motherhood!

तपाईंले छुटाउनुभयो कि?