माधवको योजनामा झलनाथ तगारो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २७, २०८२
|
|
५८ पटक हेरिएको
Shares
माधवको योजनामा झलनाथ तगारो

सारांश

  • काठमाडौं ।
  • समाजवादी मोर्चामा रहेका चार दलका बीचमा पार्टी एकीकरणको अन्तिम गृहकार्य भइरहेकै बेला पूर्वप्रधानमन्त्री झलनाथ खनाल पार्टी एकताको विपक्षमा उभिएका छन् ।
  • नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेतासमेत रहेका खनाल कोही कसैसँग पनि पार्टी एकता गर्न नहुने पक्षमा उभिएका छन् ।

काठमाडौं । समाजवादी मोर्चामा रहेका चार दलका बीचमा पार्टी एकीकरणको अन्तिम गृहकार्य भइरहेकै बेला पूर्वप्रधानमन्त्री झलनाथ खनाल पार्टी एकताको विपक्षमा उभिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेतासमेत रहेका खनाल कोही कसैसँग पनि पार्टी एकता गर्न नहुने पक्षमा उभिएका छन् । आइतबार एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टी एकता केन्द्रित छलफल चल्दैगर्दा खनालले यस्तो सन्देश प्रवाह गरेपछि पार्टी एकता नै अन्योलमा पर्ने देखिएको छ ।

गत ३ असोजमै पार्टी एकताका लागि अन्तिम गृहकार्यमा जुटेकामा जेनजी आन्दोलनका कारण एकीकरणमा ढिलाइ भएको थियो । दसैं, दीपावली तथा छठपर्वसँगै अब पार्टी एकतालाई टुंगोमा पु¥याउनेगरी नेताहरूले छलफललाई तीव्रता दिएका छन् ।

समाजवादी मोर्चामा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीचमा पार्टी एकताको गृहकार्य भइरहेको छ ।

वैचारिक, सांगठनिक विषयमा टुंगो लगाउनेगरी नेताहरू छलफलमा जुटेका छन् । पार्टीको संरचना, नेतृत्व, विचार, विभिन्न प्रदेशहरू एवं जिल्ला कमिटी, भ्रातृ संगठनहरूको नेतृत्व एवं कमिटीको संख्याको ’boutमा छलफल जारी रहेको छ ।

एकीकृत समाजवादीले पार्टी एकतालाई टुंगोमा पु¥याउनका लागि वार्ता समिति नै गठन गरेर छलफललाई तीव्रता दिएको छ । एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष डा. बेदुराम भुषालको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ । भुषाल नेतृत्वको समितिले एकता हुने दलका नेताहरूसँग छलफल अगाडि बढाउँदैगर्दा सोही पार्टीका सम्मानित नेता खनालले अहिले पार्टी एकताको आवश्यक्ता नभएको जनाएका छन् ।

माओवादी केन्द्रसँगको पार्टी एकताको विपक्षमा उभिएका खनाल पत्नीको उपचारको सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका छन् । खनालले पार्टीको सचिवालय बैठकमा पठाएको लिखित धारणामा लेखिएको छ, ‘कमरेडहरू यतिबेला हाम्रो पार्टीका निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन, हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरूलाई पार्ने दिशामा नलागौं ।’

उनले सबैभन्दा पहिले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारण’boutमा निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । ‘सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौं, ठीक बेठीक के ग¥र्यौ, दूध र पानी छुट्याऔं, हामीले नवौं राष्ट्रिय महाधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऔं,’ खनालले भनेका छन् ।

उनले आफ्नो पार्टी अध्यक्ष माधवकुमार नेपालसहित वामपन्थी दलहरू दक्षिणपन्थीको पछि लागेको आरोपसमेत लगाएका छन् । त्यसैले उनले प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको उल्लेखसमेत गरेका छन् ।

तर, एकीकृत समाजवादी पार्टीले गठन गरेको पार्टी एकता वार्ता समितिका संयोजक भुषालले अहिले माओवादी केन्द्रसहितका दलहरूसँग पार्टी एकताका ’boutमा जारी छलफल सकारात्मक रहेको बैठकलाई जानकारी गराएका छन् । बैठकमा अध्यक्ष नेपालले पार्टी एकता केन्द्रित आफ्ना धारणा राख्न नेताहरूलाई निर्देशन दिएका छन् । पार्टी एकता नजिक पुगेका बेला नेताहरूलाई छिट्टै नै पार्टी एकीकरण गरेर अगाडि बढ्ने ’boutमा छलफल केन्द्रित भएको बताइन्छ ।

अध्यक्ष नेपालले विचार मिल्ने पार्टीहरूसँग एकता’boutको छलफल निष्कर्षमा पु¥याउन कार्यदललाई निर्देशन दिएका छन् । बैठकले एकता प्रक्रिया निष्कर्षमा पु¥याउन निर्देशन दिएको उपमहासचिव रामकुमार भट्टराईले जनाएका छन् ।

भुषाल नेतृत्वको कार्यदलले एकताको थप गृहकार्य गरेर निष्कर्षमा पु¥याएपछि केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्नेछ । यस्तै, केन्द्रीय कमिटी बैठकअघि २९ असोजमा स्थायी कमिटी बैठक बस्ने सचिवालय बैठकले निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठक भर्चुअल हुने नेता भट्टराईले जनाएका छन् ।

उता, विशेष महाधिवेशनको निर्णयसहित केन्द्रीय कमिटी विघटन गरेर आयोजक कमिटी गठन गरेको माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकता गरेर एकताको महाधिवेशन गर्ने आन्तरिक तयारीमा जुटेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाघको संख्या ३५५ पुगेपछि हलिउड अभिनेताले दिए नेपाललाई बधाई
बाघको संख्या ३५५ पुगेपछि हलिउड अभिनेताले दिए नेपाललाई बधाई
कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि प्रभावकारी समाचार प्रवाह गर्न निर्देशन
कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि प्रभावकारी समाचार प्रवाह गर्न निर्देशन
वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्
वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्
आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
टिकट बाँड्न संसदीय ‘बोर्ड’ बनाउँदै कांग्रेस
टिकट बाँड्न संसदीय ‘बोर्ड’ बनाउँदै कांग्रेस
सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयद्वारा प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश
सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयद्वारा प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश
चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
जटिल प्रसूति सेवा बन्द !
जटिल प्रसूति सेवा बन्द !
थेसिस खरीदबिक्री गर्नेको डिग्री खारेज गर्न माग !
थेसिस खरीदबिक्री गर्नेको डिग्री खारेज गर्न माग !
बैशाख २८ गते मंगलवारको राशिफल यस्तो छ
बैशाख २८ गते मंगलवारको राशिफल यस्तो छ