कस्तो छ आजको मौसम ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ११, २०७९
|
|
५० पटक हेरिएको
Shares
कस्तो छ आजको मौसम ?

सारांश

  • काठमाडौं।
  • आगामी ४ मंसिरका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूची विषयले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ।
  • संस्थापन पक्षले ‘एकलौटी रूपमा आयोगमा उम्मेदवारको बन्दसूची बुझाएको’ भन्दै कांग्रेसभित्रको डा.

काठमाडौं। आगामी ४ मंसिरका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूची विषयले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ।

संस्थापन पक्षले ‘एकलौटी रूपमा आयोगमा उम्मेदवारको बन्दसूची बुझाएको’ भन्दै कांग्रेसभित्रको डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतर पक्ष असन्तुष्ट बनेको हो। सो समूहका दोस्रो तहका नेताले ‘सभापतिको एकलौटी निर्णयविरुद्ध विद्रोह गर्नेदेखि पार्टी केन्द्रीय कार्यालयमा धर्ना बस्ने’सम्मको कार्यक्रम तयारी गरेका छन्।

सभापति शेरबहादुर देउवाले गत २ असोजमा समानुपातिकतर्फको उम्मेदवार बन्दसूची आयोगमा पठाएका थिए । सो सूचीमा आफ्ना समूहका नेतालाई कमजोर स्थान दिएको र संख्यामासमेत हेपेको भन्दै इतर पक्ष रुष्ट रहँदै आएको छ । इतर पक्षले ‘आयोगमा बुझाइएको सूची नसच्याइए पार्टीभित्र विद्रोह गर्ने’सम्मको चेतावनी दिँदै आएको छ।

इतर पक्षको दोस्रो तहका नेताको सोमबार ठमेलमा बसेको बैठकले ‘पार्टी नेतृत्वलाई दबाब दिन’ भन्दै केन्द्रीय कार्यालयमा धर्ना बस्नेगरी कार्यक्रम तय गरेको छ।

भेलाले ‘समान हक र न्यायका लागि नेतृत्वलाई दबाब दिन आन्दोलन घोषणा गरेको’ नेता जगदीशनरसिंह केसीले जानकारी दिए। उनका अनुसार समानुपातिक बन्दसूची सच्याएर आफ्नो समूहका नेताका नाम समावेशका लागि दबाब दिन भोलि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना कार्यक्रम तय गरिएको हो।

यसैगरी, बिहीबार दोस्रो तहका नेताले इतर समूहका पहिलो तहका नेतासँग छलफल गर्ने कार्यक्रम तोकिएको छ। संघीय र प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण गर्दा ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्दै इतर समूहका दोस्रो तहका नेताले दबाबमूलक कार्यक्रम गर्दै आएका छन्।

उनीहरूले शुक्रबारसम्म पनि माग सुनुवाइ नभए कठोर निर्णय लिनेसमेत चेतावनी दिएका छन्। तर, ‘कठोर निर्णय कस्तो हुने ?’ भन्ने’ खुलाइएको छैन।

इतर पक्षले सभापतिले पार्टी सञ्चालनमा एकलौटी गरेको, निर्वाचन मुखमा इतर पक्षलाई बेवास्ता गरेको र टिकट वितरण प्रक्रिया र छलफलमा पनि मनोमानी गरेको आरोप लगाउँदै आएको छ ।

सो पक्षले गत शनिबार राजधानीमा आफ्ना पक्षका नेतालाई भेला गरेर ‘आगामी निर्वाचनमा विद्रोह हुने’सम्मको चेतावनी दिएको थियो। यसअघिसमेत इतर पक्षले ‘सभापति देउवाले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका नेतृत्वमा एकलौटी गरेको’ भन्दै आपत्ति जनाउँदै आएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महेश बस्नेतले कुलमान विरुद्ध अख्तियारले छानविन गर्नुपर्छ किन भने?
महेश बस्नेतले कुलमान विरुद्ध अख्तियारले छानविन गर्नुपर्छ किन भने?
प्रधानमन्त्री ओली र मोदीले सँगै पूजा गर्ने
प्रधानमन्त्री ओली र मोदीले सँगै पूजा गर्ने
दीपक मनाङले खाए सांसदको सपथ, आजदेखि माननीय
दीपक मनाङले खाए सांसदको सपथ, आजदेखि माननीय
अनुमति लिएर खानी उत्खनन नगर्ने २० कम्पनी खारेज
अनुमति लिएर खानी उत्खनन नगर्ने २० कम्पनी खारेज
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रीसंग हतियार खै भनेपछि…
अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रीसंग हतियार खै भनेपछि…
मन्त्री विश्वकर्माको खुलासा : फागुन यता नयाँ सरकार गठन हुँदैन्
मन्त्री विश्वकर्माको खुलासा : फागुन यता नयाँ सरकार गठन हुँदैन्
एमाले अध्यक्ष अोली झापा क्षेत्र नं ५ बाट सिफारिस
एमाले अध्यक्ष अोली झापा क्षेत्र नं ५ बाट सिफारिस
नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त
नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त
सुन तस्करी प्रकरणका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का साथी बेनु श्रेष्ठलाई नेपाल झिकाइयो