माधव नेपाल भन्छन् सीमा विवादलाई अन्तराष्ट्रिय अदालत लैजान हुँदैन

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २८, २०७६
|
|
३९ पटक हेरिएको
Shares
माधव नेपाल भन्छन् सीमा विवादलाई अन्तराष्ट्रिय अदालत लैजान हुँदैन

सारांश

  • विराटनगर।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताएका छन् ।
  • विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको कामकारवारी, उम्मेदवारको चयनलगायत मात्र भएको प्रष्ट पारे ।

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको कामकारवारी, उम्मेदवारको चयनलगायत मात्र भएको प्रष्ट पारे । जनताको गुनासो सुन्नु, पारदर्शिता अपनाउनु, पार्टी सुदृढीकरण, सुशासन कायम गर्नुपर्नेजस्ता सुझाव जनताले उपनिर्वाचनमार्फत दिएको मान्नु पर्ने उनले बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले पार्टी्भित्र एक व्यक्ति एक पदअनुसार प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग अगल हुनुले सरकार सञ्चालन र पार्टी सङ्गठन सुदृढीकरण अभियानमा सहयोग पुग्ने धारणा व्यक्त गरे । उनले कालापानी र लिपुलेकका सम्बन्धमा सत्य र प्रमाणसहितको प्रतिवेदन भारत सरकारलाई बुझाई सकिएको जानकारी दिँदै अब सरकारीस्तरमा वार्ता भई समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।

उनले सीमा विवादलाई अन्तरराष्ट्रिय अदालतमा लैजानुले दुई देशबीच विवाद सिर्जना गर्नु मात्र हुने भन्दै यो समस्यालाई छलफल र वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिए । नेता नेपालले आफूलाई सीमा विवाद सम्बन्धमा विशेषदूत नियुक्त गरिएको कुरा हल्ला मात्र भएकाले यस्तो कुनै किसिमको जिम्मेवारी अहिलेसम्म नपाएको जानकारी दिए । file photo

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नायिकाको सेल्फीमा ‘सेक्स टोय’ देखिएपछि हंगामा
नायिकाको सेल्फीमा ‘सेक्स टोय’ देखिएपछि हंगामा
शीर्ष नेताको छलफललाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक छैन् : प्रधानमन्त्री दाहाल
शीर्ष नेताको छलफललाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक छैन् : प्रधानमन्त्री दाहाल
गुल्मीको मुसिकोट नगरपालिकालाई निःशूल्क जग्गा दिनेको होड
गुल्मीको मुसिकोट नगरपालिकालाई निःशूल्क जग्गा दिनेको होड
सरकारको कार्यशैली सर्वासत्तावाद उन्मुख : राप्रपा
चुक्ता पुँजी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई चेतावनी
चुक्ता पुँजी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई चेतावनी
नेपाल भ्रमण वर्षको गीत लेख्न आह्वान
नेपाल भ्रमण वर्षको गीत लेख्न आह्वान
सभामुख महराले जनयुद्धकालमा मारिएका शहीद कृष्ण सेन इच्छुकलाई किन सम्झिए ?
सभामुख महराले जनयुद्धकालमा मारिएका शहीद कृष्ण सेन इच्छुकलाई किन सम्झिए ?
प्रधानन्यायधीशमा सिफारिस राणाको सुनुवाई प्रक्रिया सुरु
प्रधानन्यायधीशमा सिफारिस राणाको सुनुवाई प्रक्रिया सुरु
माओवादी प्रचण्डको निजी कम्पनी हो कि सर्वहारा वर्गको पार्टी ?
माओवादी प्रचण्डको निजी कम्पनी हो कि सर्वहारा वर्गको पार्टी ?
रत्नजित तामाङ क्वार्टरफाइनलमा
रत्नजित तामाङ क्वार्टरफाइनलमा