सेक्स गर्न नमानेको निहुँमा श्रीमतीलाई मर्ने गरी कुटेपछि…

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
३२ पटक हेरिएको
Shares
सेक्स गर्न नमानेको निहुँमा श्रीमतीलाई मर्ने गरी कुटेपछि…

सारांश

  • भक्तपुर, माघ २७ ।
  • आफूले चाहेको बेलामा शारीरिक सम्पर्क गर्न नमानेको भन्दै मरणासन्न हुने गरी श्रीमतीलाई कुटपिट गर्ने श्रीमान् पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
  • आफ्नी श्रीमती जयन्तीलाई गत पुस २६ गते आफ्नै घरमा स्टिलको पाइपले टाउकामा पटक पटक हानेर घाइते बनाउने सूर्यविनायक नगरपालिका– २ बालकोट बस्ने ३८ वर्षीय सुमन श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राखिएको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ ।

भक्तपुर, माघ २७ । आफूले चाहेको बेलामा शारीरिक सम्पर्क गर्न नमानेको भन्दै मरणासन्न हुने गरी श्रीमतीलाई कुटपिट गर्ने श्रीमान् पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

आफ्नी श्रीमती जयन्तीलाई गत पुस २६ गते आफ्नै घरमा स्टिलको पाइपले टाउकामा पटक पटक हानेर घाइते बनाउने सूर्यविनायक नगरपालिका– २ बालकोट बस्ने ३८ वर्षीय सुमन श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राखिएको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ ।

भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश भोजराज शर्माको एकल इजलासले मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को २ को व्यवस्थानुसार कानूनबमोजिम सिधा पाउने गरी अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी अदालती व्यवस्था १२४ बमोजिम आदेश दिइएको अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

आफूले श्रीमतीमाथि परपुरुषसँग लागेको शंका भई पटक पटक झगडा पर्दै आएको अभियुक्त सुमनले प्रहरी र अदालतमा दिइएको बयानमा उल्लेख गरेका छन् । श्रीमती जयन्तीले भने विसं २०६२ मा विवाह भई एक एक छोरी र छोरा जन्म भइसकेपछि पनि श्रीमान्ले माइत जाँदा वा अरु कोहीसँग बोल्दा पनि शंका गर्ने र बेला बेलामा कुटपिट गर्ने गरेको बयानमा उल्लेख गरेकी छन् ।

पुस २६ गते पनि आवेगमा आएर श्रीमान्ले स्टिलको पाइपले टाउकामा हानेर बेहोश र मरणासन्न अवस्थामा पु¥याई कोठामै छाडेर हिँडेपछि परिवारका अन्य सदस्यले जयन्तीलाई मध्यपुर अस्पताल पु¥याएको प्रहरीको भनाइ छ । घाइते जयन्तीको चार ठाउँमा टाउको फुटेको र २० भन्दा टाँका लगाइएको छ ।

बहिनीको अवस्था गम्भीर भएपछि जयन्तीका दाजु मनोज श्रेष्ठले ज्यान मार्ने उद्योगअन्तर्गत सुमनविरुद्ध जाहेरी दिएका थिए । दोषी ठहर भए सुमनलाई पाँचदेखि १० वर्षसम्म कारागार सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको स्रेष्तेदार बोहराले जानकारी दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hirendra Bahadur Bayak Chhetry

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालविवाहमुक्त वडा घोषणा
बालविवाहमुक्त वडा घोषणा
जबर्जस्ती अनसनस्थलमा प्रवेश गर्न खोजेपछि स्थीति तनावपुर्ण, प्रतिष्ठानमा उपकूलपति, रजिष्टार र निर्देशक सिडिओ कार्यालयमा
जबर्जस्ती अनसनस्थलमा प्रवेश गर्न खोजेपछि स्थीति तनावपुर्ण, प्रतिष्ठानमा उपकूलपति, रजिष्टार र निर्देशक सिडिओ कार्यालयमा
छोराको आशमा लिंग पहिचान गरी भ्रूण हत्या गर्ने बढे…
छोराको आशमा लिंग पहिचान गरी भ्रूण हत्या गर्ने बढे…
धादिङमा ट्रकमुनि छिर्यो मोटरसाइकल, ट्रक र मोटरसाइकलमा आगलागी
धादिङमा ट्रकमुनि छिर्यो मोटरसाइकल, ट्रक र मोटरसाइकलमा आगलागी
चट्याङ लागेर वृद्धको मृत्यु
चट्याङ लागेर वृद्धको मृत्यु
च्याम्पियन्स लिगमा चेल्सीको पहिलो जित
च्याम्पियन्स लिगमा चेल्सीको पहिलो जित
कसले गर्यो काँक्रेविहारमा तोडफोड ?
कसले गर्यो काँक्रेविहारमा तोडफोड ?
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड
हरेक दिनको कार्यप्रगति अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले सफ्टवेयर बनाउदै
हरेक दिनको कार्यप्रगति अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले सफ्टवेयर बनाउदै
रवि लामिछानेविरुद्ध उत्रिए दिल निसानी मगर ! आखिर किन ?
रवि लामिछानेविरुद्ध उत्रिए दिल निसानी मगर ! आखिर किन ?

तपाईंले छुटाउनुभयो कि?