मानबिय संबेदना गुमाएका प्रती

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
मानबिय संबेदना गुमाएका प्रती

सारांश

  • मानिसको जन्म र मृत्यु अकाट्य सत्य हो ।
  • कोहि कसैले न रोकेर राख्न सक्छ त न कोहि कसैले  पर धकेल्न नै सक्छ तर फरक यति मात्रै हो कि जन्मिदा एक्लै जन्मिएको मानिस मर्दा आफन्त परिवार ,साथिभाई , हजारौं शुभेच्छुकको मायाममता स्नेहको  साथसाथै केही आलोचकको आलोचना ,बिरोध लिएर जान्छ ।
  • हो त्यही माया , सद्भाव र बिरोधको कडिमा उभिएर पर्यटन तथा उड्डयनमन्त्री रबिन्द्र अधिकारी सहित अन्य छ जनाले प्रकृतिको अकल्पनीय प्रहारले अकालमा धर्तीबाट बिदा लिए ।
मानिसको जन्म र मृत्यु अकाट्य सत्य हो । कोहि कसैले न रोकेर राख्न सक्छ त न कोहि कसैले  पर धकेल्न नै सक्छ तर फरक यति मात्रै हो कि जन्मिदा एक्लै जन्मिएको मानिस मर्दा आफन्त परिवार ,साथिभाई , हजारौं शुभेच्छुकको मायाममता स्नेहको  साथसाथै केही आलोचकको आलोचना ,बिरोध लिएर जान्छ । हो त्यही माया , सद्भाव र बिरोधको कडिमा उभिएर पर्यटन तथा उड्डयनमन्त्री रबिन्द्र अधिकारी सहित अन्य छ जनाले प्रकृतिको अकल्पनीय प्रहारले अकालमा धर्तीबाट बिदा लिए । उनीहरु आफु मात्र बिदा लिएनन परिवार आफन्त शुभेच्छुकहरुको आसा भरोसा
 र बिश्वास पनि आफैसंग लिएर गए केबल छोडेर गए त स्मृतिका केही पलहरु ….
 सामाजिक पद धारण गरिसकेपछि स्वाभाविक रूपमा मानिसको समर्थन  र आलोचना हुने गर्छ । समर्थन कसैको भक्ती वा बिरोध केबल रिस गर्ने , आक्रोश पोख्ने पाटो हुनु हुदैन । बिद्यार्थीकालदेखि हिजोसम्म गरेका कयौं असल कामहरुले स्व. रबिन्द्र अधिकारीलाई आसाको एउटा युबा मानेको थियो ।कमजोरीबिनाको  मानिसको कल्पना गर्नु फगत आफैमा एउटा फगत कल्पना हुन्छ ।मात्रै धेरै असल कामहरुले आफुमा भएका कमजोरीहरुलाई छोप्न सक्यो भने पनि मानिस सफल र समाजको दर्पण हुने गर्छ । निरासामा आशाको दियो बन्न सक्छ । अन्योलतामा भरोसाको थोरै भएपनी आमसंचार गर्न सक्छ । थोरै नै सहि उसले सकारात्मक सन्देश प्रवाह गर्न सक्छ ।
   देशमा ब्याप्त भस्ट्राचार ,बिसङती ,ब्यभिचार दिन २ गुणा  रात ४ गुणा बढिरहदा राजनैनिक नेतृत्वप्रती जनताको आक्रोश पैदा हुनु अत्युक्ति नहोला । राजनीतिमा देखिएको चरम निराशाको बाबजुद पनि युबा नेता रबिन्द्र धेरैको आसाको झिल्को थिए । देशको समृद्धि र बिकाशको नेतृत्व  राजनैतिक नेतृत्वले नै गर्ने हो हामी जनताले मात्र असल कामको समर्थन र खराव कामको बिरोध र सचेत गर्नु जरुरी छ । तर राजनैतिक रंग वा आफुलाई सामाजिक संजालमा  सस्तो लोकप्रियताको लागि मानबिय संवेदनाको रत्तिभर हेक्का नराखी #बाइडबढीमा लागेको कालो दागलाई मेटाउन  नपाउदै वा  दोषी भए कानुनको कठघरामा उभ्भाउन नपाउदै प्राकृतिक बिपत्ति र दुर्घटनालाई #सजायको भागिदारको रुपमा हौसिएका र खुसी मनाईरहेका कथित  महान ब्यक्तिहरु स्वयं आफू कति  चिरञ्जीवी हुन सक्लान ?? तिमीमाथी लगाईएको आरोपलाई गलत वा सत्य साबित भएमा कानुनको कठघरामा उभिएर समाजलाई र आजको युबालाई एउटा सकारात्मक सन्देश र गतिलो  उदाहरण दिनेछौ भनेर तिम्रो प्रतीक्षा गरिरहेका हजारौं जनताहरु तिम्रो बिदाईले पक्कै पनि मर्माहित भएका छौ । दुखी भएका छौ । हामी सामान्य जनता जो गुण र दोषको आधारमा समर्थन र बिरोध गर्छौ पक्कै पनि उनिहरुको भोलिको आशाको दियो निभेको छ भने तिमीलाई जन्मदिने बुबाआमा ,हरदुख सुखमा साथ दिने श्रीमती र तिम्रो न्यानो र असल मार्गदर्शनको अपेक्षा गरेका २ छोराहरुको मन तिम्रो मृत्युको खबरले के भयो होला म कल्पना गर्न पनि सक्दिन ।
    गलत कुराको  बिरोध र आक्रोश पोख्ने पनि समय र स्थान अनुसार  हुन्छ भन्ने सामान्य संवेदनारहित ए मान्छेहरु हो भोलि एक दिन तिमी र म पनि यहि बाटो भएर जानू पर्ने ठाउँ त्यही हो ..पुग्नु पर्ने ठाउँ त्यही हो जानू पर्ने ठाउँ त्यही हो ।
मानबिय सम्बेदनामा रमाएका केही थान मानिसहरु हो उनको मृत्युले के तिमी र तिम्रो परिवारको आयु बढ्नेछ वा  चिरञ्जीवी हुनेछ ??

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?