उडान घटाउँदै, घाटा बढाउँदै वायुसेवा निगम

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३१, २०७६
|
|
१६ पटक हेरिएको
Shares
उडान घटाउँदै, घाटा बढाउँदै वायुसेवा निगम

सारांश

  • काठमाडौं ३१ जेठ ।
  • राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेतृत्वले अन्तर्रा्ष्ट्रिय उडानका जहाज पनि नियतवश पूर्ण क्षमतामा नउडाएको खुलेको छ ।
  • निगमले अन्तर्रा्ष्ट्रिय उडान गरिरहेका सेक्टरमा जानाजान उडान कटौती मात्र गरेको छैन, जापान र कोरियामा हुने भनिएको उडान नियतवश ढिला गरेको देखिन्छ ।

काठमाडौं ३१ जेठ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेतृत्वले अन्तर्रा्ष्ट्रिय उडानका जहाज पनि नियतवश पूर्ण क्षमतामा नउडाएको खुलेको छ ।

निगमले अन्तर्रा्ष्ट्रिय उडान गरिरहेका सेक्टरमा जानाजान उडान कटौती मात्र गरेको छैन, जापान र कोरियामा हुने भनिएको उडान नियतवश ढिला गरेको देखिन्छ ।

जेट एयरवेज ग्राउन्डेड हुँदा नेपाल एयरलाइन्सलाई भारतमा उडान थप्ने अवसर थियो । तर, त्यो अवसर सदुपयोग गर्नुको साटो जहाजलाई आधा क्षमता मात्रै चलाएर बाँकी समय थन्क्याएर राखिएको छ ।

‘निगमका जहाज नियतवश ग्राउन्डेड गरेर भाडामा निजी जहाज कम्पनीलाई दिने कुत्सित उद्देश्यले काम भइरहेको छ,’ एक स्रोतले नयाँ पत्रिकालाई बतायो । दैनिक १८ घन्टा उड्न सक्ने वाइडबडी जहाज हाल नौ घन्टा मात्रै उडिरहेको छ भने १६ घन्टा उड्न सक्ने न्यारोबडी जहाज नौ घन्टा १५ मिनेट मात्रै उडिरहेका छन् । नयाँपत्रिकाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?